समाचार

फ्रान्समा आतंकवादी आक्रमण, ८४ जनाको मृत्यु

By canadakhabar

July 15, 2016

एजेन्सी । फ्रान्सको दक्षिणी शहर निसमा फ्रान्सेली क्रान्तिको सम्झनामा मनाइरहेको कार्यक्रममा एक बन्दुकधारिले अन्धाधुन्ध गोली चलाउदा ८४ जनाको मृत्यु भएको छ ।

मानिसको भीड भइरहेको सो स्थलमा छिरेको लोरिको ड्राइभरको सुरक्षा कर्मीले जवाफी कारबाही गर्दा मृत्यु भएको छ ।

फ्रान्सका राष्ट्रपति फ्राङ्कोइस होल्यान्डेले यस हमलालाई आतंकवादी आक्रमणको संज्ञा दिदै गत वर्ष देखि जारी आपतकाल तीन महिना बढाउने घोषणा गरेका छन् ।

उनले फ्रान्समा इस्लामी आतंकवादको खतरा रहेको बताएका छन् । साथै उनले सिरिया तथा इराकमा फ्रान्सको कारबाई जारी नै राख्ने बताएका छन ।

फ्रान्सका गृहमन्त्री बैरनार कैजनोले निस हमलामा मारिने माानिसको संख्या ८० पुगेको तथा घाइते मध्ये १८को अवस्था गम्भीर रहेको जानकारी दिएका छन ।

लोरिका ड्राइभर ट्युनिसियाली रहेको र निसमा बस्दै आएको बताइएको छ । फ्रान्समा सन २०१५ मा दुई हमला भएका थिए ।