समाचार

क्यानडामा नेपाली खुकुरी नाच ( भिडियो सहित )

By canadakhabar

July 20, 2016

क्यानडाखवर संवाददाता । प्रत्येक बर्षको जुलाईमा  क्यानडाको क्यालगरी शहरमा आयोजना गरिने स्टम्पिडमा यसपटक स्थानीय नेपाली समुदायले नेपाली परम्परा र पहिचान झल्किने खालको झाँकी सहित बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आफ्नो सहभागिता जनाएको छ । नेपालका विविध संस्कृति र भेषभुषा झल्कने गरी विभिन्न पोशाकमा सजिएर समुदायका सदस्यहरू  झाँकीमा उपस्थित भएका थिए भने  स्थानीय कलाकारहरूले नेपालीको पहिचान र बिरता झल्काउने खुकुरी नृत्य लगायतका आकर्षक नृत्यहरू प्रदर्शन गरेका थिए ।

नेपाली प्रदर्शनीलाई  परेडमा उपस्थित बहुसांस्कृतिक समुदायले विशेष रुचिका साथ अवलोकन गरेको  ‘एनसीएससी’का अध्यक्ष ध्रुब राइले बताए ।  दुइसय बर्षभन्दा लामो इतिहास बोकेको  ‘क्यालगरी स्टम्पिड’ दश दिनसम्म रोडियो, परेड,संस्कृतिक झाँकी, र नाचगान गरी मनाइन्छ ।  क्यालगरी स्टम्पिड संसारकै सबभन्दा ठुलो “आउट डोर सो ” मानिन्छ जसमा संसारभरका झन्डै दश लाख मानिस सहभागी हुन्छन ।

क्यानाडामा ‘भिजिबल माइनोरिटी’ को रुपमा रहेको नेपाली समुदायका तर्फबाट   पहिलो पटक सहभागिता  जनाउन पाउँदा नेपालीको सांस्कृतिक पहिचानलाई क्यानडामा स्थापित गराउन थप मद्दत पुगेको र यसले  नेपालको पर्यटन प्रवर्धनमा समेत  टेवा पुर्याउने विश्वास गर्दै सीएनसीए का अध्यक्ष दिव्य प्रधानले आगामी बर्षहरूमा पनि नेपाली समुदायको सहभागितालाई निरन्तरता दिने बताए ।  क्यानडाको विभिन्न सिटीमा हुने बहुसांस्कृतिक कार्यक्रमहरु  नेपाली समुदायको उपस्थिती बड्दो छ ।

भिडियो हेर्न यहाँं क्लिक गर्नुहोस्