क्यानाडाखबर संवाददाता ।
जून २० मा भएको काबूल हमलामा परि दुर्घटनामा परेका घाइतेहरुको लिखित अनुरोधमा क्यानाडा सरकारलाई पु:नस्मरण गराउंदै पिडितहरुलाई उनीहरुको योगदानको प्रसंसा गर्दै आबश्यक क्षतिपुर्ती दिलाउन उच्हस्तरमा छलफल सुरु भएको छ ।
काबूल घटना सुरु भए लगत्तै क्षतिपुर्तीका लागि पहल गर्ने नेपाली समाजसेवी दीपक भट्टराई बाट घटनाका घाइतेहरुले पठाएको २ पेज लामो निबेदन लिबरल पार्टीका पूर्व नेता बब रे लाई उहाँको कार्यालयमा हस्तान्तरण गरियो ।
भेटका क्रममा भट्टराईले क्यानाडा स्थित नेपाली राजदूतले उच्हस्तरिय भेटघाट पाउन नसकेको भनि नेपाल सरकार पररास्ट्र मन्त्रालयले गुनासो गरेकोले भेटघाटको बन्दोबस्त मिलाई दिन अनुरोध गरिएको पहलकर्मी भट्टराईले बताए । केहि समय अगाडी घाइतेहरुलाई क्यानडामा रहेका नेपाली समाजसेवी दीपक भट्टराईले पिडितहरुको लागि क्षतिपुर्तीको व्यवस्था गर्न क्यानाडा सरकारलाई लिखित अनुरोध गरि पिडितहरुको सहयोगको निम्ति लबिंग गरेको समाचार पढेपछि घाइतेहरुले भट्टराईलाई क्यानाडा सरकारसंग सम्पर्क गरि सहयोगको लागि पहल गरिदिन लिखित अनुरोध गरेका थिए।
भेट पश्चात नेता बब रे ले क्यानाडाका विदेश मन्त्रि स्टेफेन दिवोन र प्रधानमन्त्रीलाई पत्र लेखि घाइतेहरुको अनुरोधपत्र संलग्न गरि कार्यबाही गर्न सिफारिश गर्नु भएको छ । नेता बब रे नेपाल, नेपाली, नेपाली राजनीति, गोर्खाली र गरिबीलाई नजिक बाट चिन्ने क्यानाडियन राजनीतिज्ञ हुन् । उनि ३ पटक नेपाल भ्रमण गरिसकेका छन् ।
बब रे ओन्टारियो प्रोभिन्स का पूर्व प्रेमिएर र लिबेरल पार्टी का नेता हुन् । हाल क्यानाडामा लिबरल पार्टीको सरकार छ ।संयोगले उनि भन्दा अगाडी लिबरल पार्टीका नेता चुनिएका दिओन विदेश मन्त्रि छन् भने उनि पछि नेता चुनिएका जस्टिन टुदो अहिले प्रधानमन्त्री छन् । भट्टराईका अनुसार नेपाल सरकारको कुटनैतिक कमजोरी र क्यानाडा स्थित नेपाली दुताबासका असफल र कमजोर कुटनितिज्ञको कारणले दुइ देश बीचको सम्बन्ध सुमधुर हुन नसकेको हो ।
भट्टराई नेपाली जनसम्पर्क समिति क्यानाडाका महामन्त्री एवं क्यानाडियन मामिला सम्बन्धि प्रमुख हुन् । उनि एक दसक देखि लिबरल पार्टी को राजनीतिमा संलग्न छन् ।