साहित्य सिर्जना

वरिस्ठ रंगकर्मी पोखरेल अस्वस्थ

By canadakhabar

August 11, 2016

बिरेस दाहाल – जर्जिया,अमेरिका ।

रंगकर्मी सुनिल पोखरेल अचानक बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ । गयराति १२ बजे अस्वस्थ भएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको कलाकार एवं सुनिलकी पत्नी निशा शर्मा पोखरेलले जानकारी दिएकी छन् ।  पोखरेलले आफ्नो जिबनको लामो समय रगँमञ्चमा बिताएका एक बरिष्ठ रँगकर्मिको हून ।

उनले सुनिललाई के भएको भन्नेबारे केही थाहा हुन नसकेको बताएकी छन्। सुनिललाई आईसीयूमा राखेर उपचार गराइरहेको र के भएको हो भन्ने रिपोर्ट आइनसकेको उनले जानकारी दिइन्। सुनिलको उपचार भइरहेको र उनको रिपोर्ट आएपछि मात्र के भएको थाहा हुने उनको भनाइ छ।