काठमाडौं । गायीका अन्जु श्रेष्ठ नयाँ तिज गीत “रंगीयो तिजले” बजारमा ल्याएकी छन् । पत्रकार,गीतकार सुषमा देवकोटाको शब्द र राज सागरको संगीतमा रहेको रंगीयो तीजले गीत र गीतमाथी बनेको भिडियो उनले एकसाथ बजारमा ल्याईएकी हुन् । गत सालको तिजमा ‘रातो साडी’ एल्वम बजारमा ल्याएकी श्रेष्ठले यो पटकको तिजमा समय संगै तिज गीतमा आएको परिवर्तन र नारीका पीडा र रहर भन्दा पनि सस्तो मनोरञ्जन र छाडा गीतले स्थान लिईरहेको नेपाली संगीत बजारलाई चुनौती दिंदै रंगीयो तिजले बजारमा ल्याएकी हुन् । छाडेर माईतिघर छुटेका संगी भुलेका बालापन बैंशलाई सम्झी सुख र दुखलाई बिसाउने ठाउँ तिज आयो लौ चेली माईतिघर जाउँ गीत मार्फत बाल बिबाहको चपेटामा परेर सानैमा जन्मघर छोडेर सासुका बुवर्तन र लोग्नेको खटाईमा रुदैं रुदैं बैंस कटाएका हजुरआमाहरु, घाँस दाउरा र ढिकीं जाँतो सकेर बढेका खोला तरेर टाढा रहेको माईतिघर जाने आसमा भाईको बाटो कुरेर बसेका आमा र गाउँ घरका बिबाहित नारीहरु साथै तिज नजिकीए संगै मेहन्दी चुरा टिका र लुगाहरुको किनमेलमा उत्साहित बनेका कुमारी युवतीहरु जो राम्रो श्रीमान पाईने बिश्वासमा तिजको ब्रत बस्छन् । यी ३ वटै पक्षलाई ससक्त रुपमा उभ्याईएको छ । रंयीयो तिजले को म्युजिक भिडियो पनि भर्खरै सार्वजनिक गरिएको छ । भ्वाईस अफ नेपालको प्रस्तुती रहेको गीतको भिडियोमा गीत भित्रको कथालाई कलात्मक ढंगले प्र्रस्तुत गरिएको छ । पूर्व मिस नेपाल उषा खड्गी लामो समय पछि तिज गीतमा देखिएकी छन् । खड्गी मुख्य भुमिकामा रहेको गीतमा गायीका स्वयंको पनि अभिनय देख्न सकिन्छ । रंगीयो तिजले मा अभिनय गरेकी पूर्व मिस नेपाल खड्गीले गीतले नारीको कथालाई अत्यन्त गहन रुपले उठाएकाले यो गीतमा आफुले अभिनय गर्न पाउँदा खुशि लागेको बताईन् । केदार धितालको निर्देशनमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन । रोहित बस्नेत कोरियोग्राफर रहेको भिडीयोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने हाईलाईट्स नेपालको युटुव च्यानल मार्फत भिडियोलाई बजारमा ल्याईएको हो ।