फोटो ग्यालरी

उजाड बन्यो इटली – तस्विरमा हेर्नुहोस् इटलीमा भुकम्पले पारेको बिनाश

By canadakhabar

August 25, 2016

(एजेन्सी) रोम – इटालीको मध्यभागमा बुधबार बिहान गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म ५० जनाको मृत्यु भएको र कयौं भगनावशेषमा अझै पुरिएको इटालीका अधिकारीहरु जनाएका छन् ।

‘आधा शहरनै छैन,’ भूकम्पबाट प्रभावित अमाट्रिस शहरका मेयरले भनेका छन् । नजिकै रहेको एकुमोलीमा पनि एकै परिवारका चारजनाको भगनावशेषमा पुरिएर मारिएको आशंका गरिएको छ । स्थानीय समयअनुसार बिहान ३ बजेर ३६ मिनेट जाँदा राजधानी रोमबाट १ सय किलोमिर उत्तर–पूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । केन्द्रविन्दु मात्र १० किलिमोटर गहिराईमा रहेको उक्त भूकम्प करिब २० सकेण्डसम्म आएको थियो ।

=भूकम्पबाट सबैभन्दा प्रभावित बनेको आमाट्रिस शहर रहेको छ । जहाँ अझै पनि भगनावशेषमा पुरिएकाको खोजी भइरहेको छ । =‘शहर आउने बाटो बन्द भएको छ । आधा शहर नै छैन । मानिसहरु अझै भगनावशेषमा पुरिएका छन् । पहिरोले पुल पनि ढल्ने खतरामा छ,’ सर्जियो पेरोज्जीले त्यहाँको राई रेडियोसँग कुरा गर्दै भनेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा उद्दार टोली पठाइएको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ । पहिलो झड्का पछि पनि कयौं परकम्पहरु गइरहेको छ । २० मिनेट पछि आएको परकम्प पनि उत्तिकै शक्तिशाली भएको त्यहाँका स्थानीयले बताएका छन् । यसअघि सन् २००९ मा एक्युलिया क्षेत्रमा आएको ६.३ रेक्टर स्कलेलको भूकम्पमा ३ सय जनाले ज्यान गुमाएका थिए ।

This aerial photo shows the damaged buildings in the town of Amatrice, central Italy, after an earthquake, Wednesday, Aug. 24, 2016. The magnitude 6 quake struck at 3:36 a.m. (0136 GMT) and was felt across a broad swath of central Italy, including Rome where residents of the capital felt a long swaying followed by aftershocks. (AP Photo/Gregorio Borgia)