फोटो ग्यालरी

‘लालिगुरांस कप’उपाधी अमेरिकाको कोलम्बस टिमलाई

By canadakhabar

August 29, 2016

क्यानाडाखबर संवाददाता टोरोन्टो,क्यानाडा । क्यानाडामा रहेका नेपाली समुदायको खेलकुद बिकासमा सकृय भूमिका खेल्दै आएको लालिगुंरास खेलकुद क्लबको आयोजनामा पांचौ नर्थ अमेरिका ब्यापी भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अमेरिका र क्यानाडा बस्दै आएका नेपाली समुदायको प्रतिनिधित्व गर्दै ७ टोलीले खेलमा आफ्नो सहभागीता जनाए ।

क्यानाडाको मिसिसागास्थित क्यान्लन स्पोर्टसप्लेक्स वल्फडालेमा भएको प्रतियोगितात्मक खेलको फाईनल प्रतिस्पर्धा अमेरिकाको कोलम्बस टिम र स्थानिय आयोजक टिम लालिगुरांस A बिच भएको खेलमा कोलम्बसले बाजी मार्न सफल भएको भने ललिगुरांस दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो ।

निकै आकर्षक खेल देखाउन सफल कोलम्बस टिमले निकै कौशलता पुर्वक खेललाई अगाडि बढाएकै कारण सहजै जित हासिल गर्‍यो । बिजयी कोलम्बस टिमले नगद १५०० $ सहित रनिङ सिल्ड र मेडल प्राप्त गरेको छ भने दोस्रो हुने आयोजक टिम लालिगुरांस A नगद ८००$ संगै मेडल पोल्टामा पार्न सफल भएको छ ।

खेलकुदप्रेमी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित लालिगुरांस क्लबले बिगत ५ वर्ष देखी नर्थ अमेरिकास्तरिय भडिबल प्रतियोगिता गर्दै आएको यस संस्थाले खेलको माध्यमबाट नेपाली समुदायलाई प्रेमी पार्दै लैजाने हेतुले यस्ता कार्यक्रम आयोजना गरिदै आएको आयोजक संस्थाले बतायो ।