Life Story

राष्ट्रपति कार्यालयमा क्यानाडामा नेपाल पोतिएको ट्रकको चर्चा – संस्मरण

By canadakhabar

August 30, 2016

अनिष्मा बस्नेत काठमाडौं शीतलनिवासस्थित राष्ट्रपति कार्यालय निर्धारित समयभन्दा आधा घन्टा अघि नै पुगियो । सँगै थिए, अघि सरकारका पालामा नियुक्त भएका क्यानडाका लागि पर्यटन दूत नरबहादुर टन्डन । पर्यटन प्रवद्र्धनसम्बन्धी उनले एउटा पुस्तक लेखेका थिए । त्यही पुस्तक राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिनु थियो । सँगै पर्यटन प्रवद्र्धन सम्बन्धी केही सुझाव पनि लिनु थियो । निकै समयको पर्खाइपछि राष्ट्रपतिसँग भेट गर्ने समय मिल्यो । त्यसका लागि बुधबार बिहान ११ बजे राष्ट्रपति कार्यालय पुग्नुपर्ने भयो ।

निर्धारित समयभन्दा आधा घन्टाअगाडि नै शीतलनिवास पुगियो । म त त्योभन्दा पनि अघि नै पुग्न आतुर थिएँ । मुलुकको राष्ट्र प्रमुखलाई पहिलो पटक भेट्ने जो अवसर मिलेको थियो । विशिष्ट व्यक्ति भेट्न २–३ घन्टा पालो कुर्नुपर्ने र कहिले त खाली हात फर्कनुपर्ने बाध्यतासँग म परिचित छु । बुधबार त्यस्तै होलाकि भन्ने भयले मनलाई गाँजेको थियो । शीतलनिवासको वातावरण मनमोहक थियो । घन्टौंसम्म बसौं झंै लाग्ने । तर हामी निवासभित्र थियौं । त्यस बखत मलाई एउटै कुराको चिन्ताले सताइरह्यो । कहिले पनि क्यामेरा बोक्ने बानी छैन । ल्यारटप, क्यालकुलेटर र घडीको काममा मोबाइले नै गर्छ अचेल । त्यही पनि सुरक्षा चेकजाँच कक्षमा राख्नुप¥यो । राष्ट्रपतिसँग फोटो खिच्ने रहर रास्ट्रपतिसँग एउटा फोटो खिच्ने पुरानै रहर थियो । पूरा नहने भयले मनलाई सताइरह्यो । हामी आधा घन्टाअघि नै निवास पुगेका थियौं । त्यसैले कुर्नु त थियो नै । राष्ट्रपतिको स्वकीय सचिवसँग कुराकानी चल्यो । केही अफिसियल त केही व्यक्तिगत गफ भए । यही क्रममा चिया आइपुग्यो । राष्ट्रपति भेट्ने तीव्र इच्छा र कौतुहलताले मन रोमाञ्चित भयो । तर, फोटो खिच्न नपाउने चिन्ताले भने मन दुःखी भयो । त्यसैले तातो चिया पिउन निकै सकस भयो । राष्ट्रपति टुप्लुक्क भित्तामा झुन्ड्याइएको भित्ते घडीमा आँखा पुग्यो । ११ बज्न ५ मिनेट बाँकी थियो । हामीलाई मिटिङ कक्षमा जान अनुरोध गरियो । गएर बसेका मात्र थियौं । राष्ट्रपति भण्डारी त टुप्लुक्क आइपुगिन् । उज्यालो अनुहार, साधारण तर आकर्षक व्यक्तित्वका सामु हामी नतमस्तक नै भयौं । हत्तपत्त उठेर नमस्कार ग¥यौं । उनले नमस्कार फर्काइन् । बसेर कुरा गरौं भनिन् । हामी नजिकैको सोफामा थपक्क बस्यौं । मलिम र नम्र स्वभाव । सानो, तर स्पस्ट आवाजका धनी उनीसँग प्रभावित नहुने कुरै भएन । प्रधानमन्त्रीनिवास बालुवाटारमा दलको नेता पुगेर बसेपछि फर्कनै चाहँदैनन् । भव्य बैठक, राजसी फर्निचर, बंगला सुहाउँदो कम्पाउन्ड, सुरक्षा व्यवस्था र सुविधा देखेरै एक पटक वालुवाटार छिरेपछि फर्कन नचाहने । यसका लागि उनीहरू जस्तोसुकै सम्झौता गर्न तयार हुन्छन् । तर, शीतलनिवासमा यस्तो नहोस् । मनमनै कामना गरें । राष्ट्र प्रमुख सरकार प्रमुख जस्तो नफेरियोस् भन्ने मनमा लागिरह्यो । सरल भाषाशैलीमा राष्ट्रपति भण्डारीले मेरा हरेक प्रश्नको सारै नम्र र भलादमी तरिकाले उत्तर दिइन् । ममा प्रश्न गर्नेभन्दा पनि उहाँको कुरा सुनिरहन मन लाग्यो । तर, ं हामी उनीसमक्ष सुझाव लिन पुगेका थियांै । मैले बच्चा बेलामा राजा महेन्द्रको र बिपी कोइरालाको भलादमीपन र सरल भाषाशैलीको बारेमा मेरा हजुरबाबा भनेको सुनेको छु । उनी बेला बेलामा अन्य व्यक्तिसँग कुरा गरिरहन्थे । म चकचक गर्दै यता उता गर्थें । नबुझी नबुझी पनि मैले उनको कुरा त्यही बेला सुनेको छु । समृतिमा ती सबै कुरा आज झलझल याद आयो । मैले हरेक कुराको ज्ञान राष्ट्रपतिमा पाएँ । विषयका ज्ञाता राष्ट्रपति मलाई लागेको थियो । हामीले अब राष्ट्रपतिलाई भेट्नुको कारण बताउनुपर्छ । सँगै रहेका पर्यटन दूत टन्डन अघि बढे । राष्ट्रपतिसमक्ष विषय राखे । तर, राष्ट्रपति यस विषयमा पहिले नै जानकार रहेछन् । पर्यटन दूत टन्डनले भन्न नपाउँदै उनले खरर भनिदिइन् । विषयवस्तुको पुष्टि गर्दै उनले थपिन्, ‘मैले यो विषयमा पढेको छु, सुनेको पनि छु । उनको विज्ञता देखेर म नतमस्तक भएँ । यो विषयमा विषयमा मैले नै समाचार लेखेको थिएँ । पयर्टन प्रवद्र्धनमा जुटेको एउटा ट्रकको सम्बन्धमा पनि मैले समाचार लेखेको थिएँ । त्यो समाचार राष्ट्रपतिले पढेकी रहिछन् । ट्रकका ड्राइभर टन्डन छेउमै थिए । यही क्रममा राष्ट्रपतिले भनिन्, ‘खै किन हो नेपालीहरू कुनै पनि कुरालाई दीगो रूपमा लागू नै गर्दैनन् । कुनै पनि कुरा जतिबेला सिक्यो त्यहीँ सकियो । नाफा कति आउँछ ? पैसा कति आउँछ ? विकासका लागि अरूकै भर पर्ने । नेताको मुख ताक्ने । आफूले जानेको सीप र ज्ञानलाई खै किन हो प्रयोगमा ल्याउन चाहँदैनन् ।’ राष्ट्रपतिका गुनासा उनले हामीसमक्ष गुनासो पनि गरिन् । राष्ट्रपति भएदेखि बाहिरी जिल्लामा भइरहेको विकासको काम र वास्तविक स्थिति हेर्न नपाएको उनले बताइन् । पति मदन भण्डारीको नाममा खोलिएको मेडिकल कलेजको सम्बन्धमा पनि उनले चासो राखिन् । उनले भनिन्, ‘दाङमा खोलिएको मदन मेडिकल कलेज सञ्चालनमा छ कि बन्द भइसक्यो, अवस्था कस्तो छ ? मलाई नै केही जानकारी छैन ।’ यस क्रममा उनले जन्मस्थान भोजपुर पनि सम्झिइन् । उनले भनिन्, ‘राष्ट्रपति जन्मेको गाउँमा खानेपानीसमेत छैन भनेर बारम्बार त्यहाँका स्थानीयले मलाई भनेका छन् । मैले पटक–पटक अनुरोध गरें । पानीका लागि बजेट छुट्याउन लगाएँ ।’ संविधानले राष्ट्रपतिलाई अधिकार नदिएको विषयमा पनि उनले गुनासो गरिन् । उनका अनुसार राष्ट्रपतिलाई संविधानले केही गर्ने अधिकार दिएको छैन । उनले भनिन्,‘के गर्नु आफ्नो हातमा केही छैन । तर त्यही काम कसरी भएको छ ? काम भइरहेको छ कि छैन ? अवस्था कस्तो छ हेर्न र बुझ्न पाएको छैन ।’ यी सबै भनिरहँदा उनको अनुहार निकै भावुक भएको थियो । थप कुराकानीको क्रममा उनले भनिन्,‘राष्ट्रपति भए पनि विकासको काम गर्ने अधिकार मलाई दिइएको छैन । नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा निकै नै काम गर्नु छ । यो क्षेत्रको विकास गर्न धेरै काम गर्ने चाहना छ ।’ समिति परिधिमा रहँदा देशका लागि काम गर्न नसकेकोमा उनले दुखेसो पोखिन् । उनले भनिन्, ‘राष्ट्रपति भएदेखि सीमित अधिकार र परिधिमा रहनु परेको छ । बाहिर हिँड्न पाइएको छैन । सीमित दायरा छन् । काम गर्न सकिएको छैन ।’ यस क्रममा उनले सरकार अस्थिर बनेकोमा आलोचना गरिन् । उनले भन्नुभयो, ‘मुलकमा राजनीति अस्थिर छ । सरकार परिवर्तन भइरहन्छ । दलहरूबीच खिचातानी छ । यसको असर शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको छ ।’ पर्यटन प्रवद्र्धनका लागि टन्डनले गरेका कामको उनले प्रशंसा गरिन् । यस्ता कामका लागि सहयोग गर्न सधैं तयार रहेको पनि उनले बताइन् । उनले यस्ता कामको निरन्तरताका लागि प्रोत्साहन गर्न आग्रहसमेत गरिन् । ३० मिनेट राष्ट्रपतिसँग हामी दस मिनेटको समय लिएर गएका थियौं । तर, राष्ट्रिपति भण्डारीले हामीसँग ३० मिनेट बिताइन् । राष्ट्रपतिको कुराले मलाई प्रभावित तुल्यायो । राष्ट्रप्रमुखलाई दिइने अधिकार किन यति साँघुरो ? एउटा संसद्ले निर्वाचन क्षेत्र विकासमा त्यति धेरै खर्च गर्न पाउने तर राष्ट्रपति सविधानको संरक्षक मात्र ? यो त अलि अन्याय नै भए जस्तो मलाई लागिरह्यो । कुराकानीको अन्त्यमा क्यामेराको फ्लासले झल्यास्स बनायो । मौकाको फाइदा उठाउन मन लाग्यो । यही क्रममा फोटो खिच्न आग्रह गरें । राष्ट्रपतिले बाहिर कसैलाई बेलाउन संकेत गर्नुभयो । त्यही क्रममा एक जना क्यामरा लिएर भित्र प्रवेश गरें । फोटो खिचें । मेल पनि तुरुन्तै गरिहालें । मेरो चाहिँ खुसीको सीमा नै रहेन । दुई पटकसम्म राष्ट्रपतिले फेरि पनि आउनुस् भनिरहँदा खुसीको सीमा नै रहेन । हामी राष्ट्रपतिबाट बिदा भयौं ।