राजु पुडासैनी
बा !
——————— पाखो कोरेर सिकाए होलान् मलाई कुलेसो – क खरबारी मा- ख, गाईगोठ मा -ग ! नबनाको भए यती सुन्दर घर बाले – कसले गर्थो होला आबिस्कार घर जस्तो – ‘घ’ को? बा नभएको भए – यती बलियो हुन्थ्यो होला – ढोका को आग्लो ? ओत दिइरहन सक्थो होला छानो ले मात्रै ? सुनौलो नै हुन्थ्यो कि अर्कै हुन्थ्यो – धान ? हिरा नै चपाइन्थो कि अरु नै – थाल मा ? अरु केही छ कि छैन संसार मा बा को पसिना जस्तो अमुल्य रत्न ? सोच्दै छु – मेरो जिबन को बिम्ब के हुन्थ्यो होला बा ले कुलेसो मा पानी नबगाएको भए ? घाम ले बिहानै उज्ज्यालो ल्याउन सक्थ्यो कि सक्दैनथो – बा ले हास्न छोड्ने भए ! बा नै हुन् – आमालाई गुरास जस्तै फुलाउने – प्रकृति करेसाबारी लाई हरियो रङ पोत्ने – कुचिकार मेरो किताब बाट भैंसी झिकेर अक्षर राखिदिने महान- सर्जक ! अहो ! बाले ‘गोरु ‘ नभनेको भए कसरी जोत्थें हुला मैले जिबन का बाझाँ गराहरु र रोप्थें हुला – फुलिरहेका यि सपनाहरु ????