फोटो ग्यालरी

क्यानाडामा अन्तरकृया संगै तिज कार्यक्रम

By canadakhabar

September 04, 2016

गोकर्ण लामिछाने

टोरोन्टो,क्यानाडा ।   एनआरएन  क्यानाडा महिला समितीले क्यानाडाको मिसिसागामा अन्तरकृया कार्यक्रम गरेको छ तिज बिशेष कार्यक्रम गरेको छ । नेपाली महिलाहरुको मुख्य पर्व तिजको पुर्वसन्ध्यामा आयोजित कार्यक्रम महिला अधिकारकर्मी डाक्टर रेणु अधिकारी राजभण्डारी एनआरएन आइसिसीका महिला  उप – संयोजक रजनी प्रधान,एनआरएन क्यानाडाका अध्यक्ष तुल्सी सापकोटा लगायतको विशेष उपस्थिती थियो । कार्यक्रम संयोजक प्रमिला बस्नेतले उक्त कार्यक्रमलाई संचालन गरेकी थिईन् ।

महिला अधिकारकर्मी तथा नागरिक अगुवा डाक्टर रेणु अधिकारी राजभण्डारीले हाम्रो समाज, नेपाली महिलाहरुको अवस्था, महिला अधिकार र राज्यमा महिलाहरुको सहभागीताका बिषयमा आफ्ना धारणाहरु ब्यक्त गरेका थिईन । महिलाहरुको सामाजिक बिकासका लागि एनआरएन महिला विभागले गर्दै आएको गतिविधी बारे एनआरएन महिला समिती संयोजक रजनी प्रधानले प्रकाश पारेकी थिईन ।

कार्यक्रममा प्रवासमा रहेका महिलाहरुले  आम नेपाली महिलाको  अवस्थामा सुधार ल्याउन के गर्न सकिन्छ भन्ने बिषयमा बहस चलाइेको थियो बहस संगै तिजको शुभकामना आदानप्रदान गरिएको थियो, कार्यक्रममा नेपाली समुदायका संस्थागत प्रतिनिधिनीहरु – एनआर क्यानाडाका अध्यक्ष तुल्सी सापकोटा,एनसिएनसिका अध्यक्ष गोपी काफ्ले, आइसीसीका सदस्य(बेल्जियम) जानकी गुरुङ,एनसीएनसीका पुर्व अध्यक्ष अन्जली भट्टराई,एनआर क्यानाडाका प्रवक्ता किस्मत भण्डारी, जनजाती एशोसियसन क्यानाडाका अध्यक्ष गिरी बुढाथोकी ,क्यानाडा नेपाल डेभलेपमेन्ट फोरमका प्रमुख डिआर खनाल, एनसीड्ब्लुए कि सचिब रस्मी थापा लगायतले तिजको शुभकामना संगै आफ्ना भनाईहरु राखेका थिए ।

क्यानाडामा रहेका नेपाली महिलाहरुलाई  एकीकृत गर्दै नेपालको दुर्गम क्षेत्रमा समस्या भोगिरहेका महिलाहरु सहयोग गर्न यस्तो कार्यक्रम गरिएको एनआरएन क्यानाडाका महिला समिती संयोजक प्रमिला बस्नेतले बताईन ।