गोकर्ण लामिछाने टोरोन्टो,क्यानाडा । जनजाती संघ, क्यानाडाको आयोजनामा एक दिवसिय फूट्बल प्रतियोगिता भएको छ । क्यानाडाको विभिन्न शहरमा छरिएका रहेका नेपाली र भुटानी समुदायबाट प्रतिनिधित्व गर्दै १२ समुहले खेलमा सहभागीता जनाएको थियो । सिधै नक आउट प्रणाली बाट खेलाइएको खेलमा ४ समुह सेमी फाइनलमा पुगेको थियो ।
४ समुहबाट जितेर आउने २ समुह धारी फूटबल क्लब र गोर्खार्ली फुडबल क्लबले फाइनल खेलको यात्राा तय गर्न सफल भएका थिए । सेमी फाइनल देखिनै रोमान्चक बन्दै गएको खेल हेर्न आएका दर्शकहरुको ठुलै भिड देखिन्त्यो ।
जनजाती संघ क्यानाडाले हरेक वर्ष ‘लेबर डे’ को दिन सकर फूटबल गर्दै आएको छ यो । यो आठौं संस्करण हो र आठौं संस्करणको उपाधी गोर्खाली फूटबल क्लवले सुरक्षीत गरेको छ । धारी क्लव र गोर्खाली क्लबको पतिस्प्रधात्मक खेलमा २ गोलको अग्रतामा गोर्खाली फूटबल क्लवले आफ्नो जितलाई सुनिच्चित गर्यो ।
बिजयी टिमले नगद १०००$ , सिल्ड ट्रफी प्राप्त गरेका छन भने उपबिजेता टिम धारीलाई नगद ५००$,सिल्ड र ट्रफीले पुरस्कृत गरिएको थियो । निकै दर्शक र समर्थक बिच सम्म्पन्न खेल देख्दा प्रवासमै रहे पनि नेपालीहरु खेलकुद प्रतिको प्रेम अघाद रहेको आभस गर्न सकिन्थ्यो । दिनभर जसो ब्यस्त मैदानमा भएका सबै खेल रुचिपुर्वक हेर्ने दर्शकहरुको भिड बाक्लई देखिन्त्यो ।
खेलमा लालिगुरांस स्पोट्स क्लव, मोसेलहेड क्लव,धारी ,विन्सर क्लव,ड्रुक क्लव,गुएल्फ वेरिज्स क्लव,माउण्टएभरेष्ट क्लव र धारी क्लवले सहभागीता जनाएका थिए ।