समाचार

एनआरएन क्यानाडा अटोवा क्षेत्रले गर्‍यो तिजको कार्यक्रम

By canadakhabar

September 06, 2016

क्यानाडाखवर संवाददाता- अटोवा, क्यानाडा । 

एनआरएन क्यानडाले गत बर्ष झैं यस बर्ष पनि क्यानडाको राजधानी अटवामा नेपाली महिलाहरुको पवित्र हरितालिका तीज पर्वलार्इ गत शनिवारका एक कार्यक्रम गरी मनायो  । आ-आफ्ना घरबाट पकाएर ल्याएका खिर. लट्टे, पुलाउ , आलुचना ,आलुतामा विभिन्न प्रकारका अचार जस्ता विविध नेपाली परिकारहरु सामुहिक खाएर खुशी साटासाट गरेका थिए । 

नेपाल भन्दा हजारौंमाइल टाढा रहेर पनि नेपाली कला संस्कृति र परंपरालार्इ एक पुस्ताबाट अर्को पुस्ता सम्म पुर्याउने अवसरका रुपमा मात्र सिमित नभइ यस्ता कार्यक्रमहरुले व्यस्त जीवनका तनाबहरुलार्इ अन्त्य गरेर मनोरंजन,एवं खुशि प्रदान गर्नुका साथै दुख र पिडालार्इ भुलाउने मन्चको रुपमा तीज पर्व रहेको कुरा सहभागीहरुले बताए ।

प्रदेशको  छरिएका हामीहरु एक पटक एकै मन्चमा भेला भएर आ आफुले पकाएर ल्याएका विभिद व्यन्जनहरु खाने,  नाच्ने गाँउने  र रमाउने अवशर जुटाइ दिएकोमा सहभागिहरुले एनआरएन क्यानडा प्रति आभार प्रकट गरेका थिए ।  कार्यक्रममा स्थानिय नेपाली संघ संस्था, नेपाली राजादुताबासका परिवार र अटवामा बसोबास  गर्ने नेपाली महिलाहरुको व्यापक सहभागिता रहेको थियो । महिलाहरुका नाचगानमा पुरुषहरुले पनि  साथ दिएर  हौशला प्रदान गरेका थिए ।

१६० रिडो स्ट्रिट र शार्लेट स्ट्रिटको कर्नरमा भएको उक्त कार्यक्रमलार्इ सफल बनाउन अटोवा निवासएे चिजु गौतम,  सुचिता दवाडी,  मिना  शर्मा  र तारा  उप्रेतीले कार्यक्रम संयोजनमा  सहयोग पुर्याएका थिए ।