दीर्घराज प्रसाईं
नेपाललाई टुक्र्याउन ल्याइएको ‘संघीयता’, ‘गणतन्त्र’ र ‘धर्मनिरपेक्षता’ हो । नेपाली जात–जातिहरूकाबीच फाटो ल्याएर साम्प्रदायिक युद्ध चंकाउन ‘जातीय स्वायत्तता’ को कुरा ल्याए । इस्वी संवत् लागू गराउन विक्रम संवत् बिस्थापित गर्न र इन्द्र जात्रा, भोटो जात्रा, भद्रकाली खड्ग साँट्ने जात्रा, शिव रात्री, १२ बर्षे बौद्धको सम्यक पुजा लगायत नेपालका अनेकौं धार्मिक परम्परा ध्वस्त बनाएर क्रिस्चियनहरूको अखडा बनाउने यो अक्षम्य गद्दारी हो ।
नेपालकै पार्टीहरु र पार्टीका नेताहरुलाई आफ्रनो प्रभावमा लिएर नेपाललाई कब्जा गर्ने नैं खेल प्रारम्भ भएको छ । भारतका दलाल मधेसीहरुलाई नेपालस्थित भारतीय राजदूतावास र बीरगंज बाणिज्यदूताबासबाट पूर्ण सहयोग भइरहेको छ भनिन्छ । नेपाली नागरिक भएका भारतीय राजेन्द्र महतो, अमरेस कुमार सिंह, महन्त ठाकुर जस्ता हिजोका भारतीय नागरिकहरुमार्फत तराईका सोझासाझा स्थानीय मूलबासीहरु समेतलाई उचालेर तराई क्षेत्रमा तनाब सिर्जना गराइएको छ । भारतीय राजदूतावासमा यी मधेसीहरुको बाक्लो उपस्थिति हुने कारण पनि यही हो । देशद्रोही सीके राउतलाई पनि भारतीय राजदूतले पटक पटक भेटेका थिए । यी देशद्रोही मधेसीहरुलाई यसरी भारतीयहरुबाट प्रोत्साहन नगर्ने हो भने यिनीहरुको हैसियत केही पनि छैन ।
कांग्रेस र एमालेको यो नपुंसक सरकार नेपालको एउटा कलंक बनेको छ । नेपालका नेताहरूको चरित्र र हैसियतको अध्ययन गरेर नर्वेका द्वन्द विशेषज्ञ प्रोफेसर योहान गाल्टुङले भनेका थिए –‘नेपालका प्रधानमंत्री यहाँको संसद र सरकारप्रति होइन, दिल्ली र अमेरिकाप्रति जिम्मेवार हुन्छन् । यो अति दुर्भाग्यपूर्ण कुरा हो, यो एउटा ठूलो समस्या हो ।’ यसरी नैं नेपालको बिग्रदो अवस्था देखेर जापानका प्रतिनिधिसभा (डायट)का सदस्य तागाहिरो माचुसीताले पनि भनेका थिए– ‘सन् १९९० मा प्रजातन्त्र स्थापना भएपछि जनताको स्थितिमा सुधार आउने जनआकांक्षा रहेकोमा भ्रष्टाचार बढेको, जनआकांक्षा अनुरूप प्रजातन्त्रको प्रतिफल आम जनतासम्म पुग्न नसकेको, सबै दोष राजालाई दिने सट्टा राजनीतिक नेताहरूले आफ्नो जिम्मेवारी अनुरूप अघि बढ्न सकेमा मात्र स्थितिमा सुधार आउनेछ ।’ वास्तवमा नेपालका नेताहरूको आफ्नो अकर्मण्यता लुकाउन राजसंस्थामाथि मात्र दोष थुपारेर भारतीय चक्रब्यूहमा फसेकाले उनीहरू ठूला बापतिको रूपमा देखापरेका छन् ।
नेपालको राजसंस्था भनेको सम्राज्यवादी शक्तिसँग लडेर विशाल नेपालको सिर्जनामा रगत बगाएको संस्था हो । नेपालका राजाहरू त्रिभूवन, राजा महेन्द्र, राजा वीरेन्द्रलगायत राजा ज्ञानेन्द्रलगायत कुनै पनि राजाहरूले सामन्त शोषकहरूको पक्ष नलिएर गरीब तथा अन्याय परेकाको मात्र पक्षमा बोल्ने र हुकुम प्रमांगी गरेका मात्र उदाहरणहरू छन् । अव राजाको उपस्थितिमा देशको अस्तित्व र पहिचान बचाएर हिड्न सक्ने नेतृत्व नेपालले खोजेको छ । अतः पार्टीहरू र पार्टी बाहिरका सम्पूर्ण राष्ट्रवादीहरूले हिन्दुअधिराज्यकासाथ राजसंस्थाको निरन्तरतामा आवद्ध हने प्रतिवद्धता जनाउँदै राष्ट्र बचाउन कटिवद्ध हुनुपर्छ ।