बिस्तार हुंदै नेपाली जनसम्पर्क समिती क्यानाडा
करिब तिन वर्ष अगाडी बुद्धि ओली को नेत्रित्वमा स्थापित नेपाली जनसम्पर्क समितिले क्यानडामा आफ्नो संगठन र प्रभाव लाई अझ ब्यबस्थित र संगठित गर्ने उद्देश्य सहित पहिलो पटक व्यापक बिस्तार गरिएको छ । यही सेप्टेम्बर ६ मा बसेको संस्थाको बोर्डको बैठकले संस्थाको बिधान अनुसार संगठन विस्तार गरि विभिन्न बिभाग, उपसमितिहरु पनि गठन गरेको छ। बिस्तारित समितिमा क्यानडाक़ा विभिन्न प्रोविंन्सबाट प्रतिनिधित्व हुनुका साथै महिला, मधेशी, मुस्लिम, जनजाती सबैलाई एतिहासिक रूपमा समेटी समाबेशी सिद्दान्तलाई लागु गरिएको छ ।
बुद्धिजीवी र पेसागत व्यक्तिहरुको समेत सहभागिता हुने गरि पहिलो पटक एक समाबेशी समिति गठन गरि नया कार्य को सुरुवात गरिएको छ । आशा छ,क्यानाडाक़ा अरु संस्थाहरुले पनि यस कार्यको प्रसंशा गरि भविष्यमा अनुसरण गर्नेछन ।
सुरुमा हालका सभापति बुद्धि ओली, उपसभापति सुरेन्द्र खड्का, उपसभापति बाबुराम लामिछाने र सदस्य अनिल महतले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरि स्थापना गरेको र कर्पोरेशन क्यानाडामा दर्ता गरेको यो संस्था हाल क्यानाडामा नेपाली समुदाय मा मात्र नभई क्यानाडियन समुदाय र सरकारमा समेत पहिचान बनाउन सफल रहेको छ। स्मरणीय छ, एस संस्थाले नेपालमा विभिन्न समयमा बाढी पिडित, अग्नि पिडित, भुकम्प पिडितलाई विभिन्न सहयोग गर्दै आइरहेको छ ।
बुद्धि ओलीको नेत्रित्वमा नेपाली जनसम्पर्क समिति क्यानडा बाट तत्कालिन प्रधानमन्त्री स्वर्गिय सुशील कोइरालालाई भेटि बाढिपिडितको सहयोगको लागि प्रधानमन्त्री राहत कोषमा प्रबक्ता केशब सापकोटा समेतको उपस्थितिमामा रकम जम्मा गराएको, हालका उप सभापति गुरु प्रसाद श्रेष्ठको नेत्रित्वमा भुकम्प पिडितको सहयोगको लागि आर्थिक र राहत सामग्री लिएर नेपाल गइ संसद गगन थापासंग समन्वय गरि भुकम्प पिडितलाई सहयोग गरेको, क्यानडाक़ा लागि नेपाली राजदूत काली प्रसाद पोख्रेल मार्फत भुकम्प पिडितलाई सहयोग गर्न संकलित रकम हस्तान्तरण गरेको र बुद्धि ओलीबाट आदरणीय नेताहरु शेर बहादुर देउबा, खुम बहादुर खड्का, र स्व. सुशील कोइरालालाई भेट गरि जनसम्पर्क समिति क्यानाडाका गतिबिधि र प्रगतिको बारेमा जानकारी गराएको थियो।
तत्कालिन पार्टी सभापति स्वर्गिय शुशिल कोइरालालाई समितिको रिपोर्ट बुझाउंदै ओली ।
बुद्धि ओलीको अध्यक्षतामा गठित तदर्थ समितिले विभिन्न बाधा अड्चनका बाबजुद पनि सफलता पुर्बक आदरणीय नेता ओमकार श्रेष्ठ र तत्कालिन विभागीय प्रमुख तथा नेता अर्जुन प्रसाद जोशीको प्रमुख अतिथ्यमा जनसम्पर्क समिति क्यानडाको एतिहासिक प्रथम महाधिबेसन दुइ चरणमा सम्पन्न गराई क्यानाडियन कानुन अनुसार संस्थाको बोर्ड गठन गरिएको र संस्था को बिधान अनुसार सोहि बोर्डका सदस्य मध्यबाट मिति मे १ , २०१६ को बोर्डको बैठकले बुद्धि ओलीलाई सभापति चयन गरि ओलीको अध्यक्षतामा केन्द्रिय कार्य समिति गठन गरि ने.का.केन्द्रिय कार्यालयलाई जानकारी गराई पार्टीको वेब साइटमा प्रकाशित हुनुका साथै ने. का. का सम्माननीय सभापति शेरबहादुर देउबाको सुभकामना पत्र समेटा प्राप्त भएको थियो ।
प्रथम अधिबेसन पश्चात बुद्धि ओलीको अध्यक्षतामा गठित बर्तमान कार्यसमितिबाट अत्यन्त महत्वपुर्ण एबं एतिहासिक कार्य भएको, संस्थाको लोकप्रियता र विश्वासनियता बढेको सर्बबिदितै छ । संयोगबस क्यानाडामा लिबरल पार्टीले दश वर्ष पछाडी गत नोवेम्बरमा सरकार गठन गरे पश्चात सो पार्टी संग सम्बन्ध स्थापित गरि क्यानाडियन सरकार समक्ष नेपाल र नेपाली समुदायको पहिचान गराउने कार्यको प्रारम्भ भएको छ। यसै सिलसिलामा नेपाली जनसम्पर्क समिति -क्यानडाका महामन्त्री एबं क्यानाडियन मामला प्रमुख दीपक मोहन भट्टराई को पहलमा लिबरल पार्टीका नेता एबं प्रधानमन्त्री जस्टिन तुदौबाट नेपाली नयावर्षको उपलक्ष्यमा, अप्रिल १४, २०१६ मा “नव वर्ष “ सुभकामना ब्यक्त भएको,क्यानाडियन सरकारलाई ४ बुंदे क) नेपाल मा क्यानाडा को दुताबास स्थापना गर्ने,गत वर्षको महाभूकम्प पश्चात सुरु भएको पुनर्निर्माणमा नेपाल लाई सहयोग गर्ने,दुई देश बिच संसदीय समूह तथा फ्रेंशिप असोसिएसन गठन गरि उचः स्तरिय भ्रमण आदान-प्रदान गर्ने, दुइ देशबिच सम्भावित व्यापारलाई एक्सप्लोर गर्ने प्रस्ताब पेश गरि प्रधानमन्त्री
विदेश मन्त्री समक्ष ध्यानाकर्षण गरिएको , क्यानाडामा बसोबास गरेका नेपाली स्वास्थ्यकर्मीहरु को रोजगारि तथा लाईसेन्स जस्ता समस्याको बारेमा स्वास्थ्य मन्त्रि संग समन्वय गरि समाधान गर्न स्वास्थ्य मन्त्रालयमा जून २४, २०१६ का दिन जनसम्पर्क समिति क्यानाडाको प्रतिनिधि मण्डलले केहि नेपाली स्वास्थ्यकर्मी सहित भेट गरि समस्या को बारेमा छलफल गरेको, चर्चित काबुल घटना र क्यानाडियन दुताबासमा सुरक्षार्थ खटिएका नेपालीहरु मारिएको खबर लगत्तै जून २० मा क्यानाडाका प्रधानमन्त्री र विदेश मन्त्रि लाई सम्पर्क गरि पिडितहरुको कार्य कुसलता, बहादुरीको पहिचान र उच्च सम्मान गर्दै धन्यवाद सहित आवश्यक क्षतिपुर्ती प्रदान गर्न लिखित अनुरोध गर्दै उच्च सरकारी स्तरमा लब्यिंग गरेको. साथै काबुलघटनाका घाइतेहरुले नेपालबाट सम्पर्क गरि पठाएको अनुरोधपत्र क्यानाडियन नेता बोब रे लाई हस्तान्तरण गरेको आम नेपालीहरुलाई सर्बबिदित छ।
क्यानेडियन लिबरल पार्टीका पूर्व नेता बब रे काबुल घटना बारे प्रतिबेदन बुझाउंदै दिपक भट्टराई ।
नेपाली जनसम्पर्क समिति -क्यानडा, क्यानडामा सन् २०१३ फेब्रुअरीमा बिधिबत दर्ता भै संचालन हुँदै आएको र एस संस्थाले नेपाली समुदाएको हक हित र पहिचान को निम्ति स्थापना काल देखि हालसम्म अनबरत रुप मा गतिबिधि र विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ। बिस्तारित समिति मा निम्न अनुसार छ. डा. प्रीति रायमाझी शर्मा डा. नम्रता श्रेष्ठ कमल ज्ञवाली , पी. एचडी. (क्यानडीडट) खुश वन्त चौधरी,इमरान अस्गर, बिन्जु श्री श्रेष्ठ, गीता दवाडी, शारदा खरेल सिटौला चन्द्र श्रेष्ठ, उदय दुरा, बैकुण्ठ रिजाल, धन फगामी,कृष्ण बजगाईं, सोम गुरुङ छन् । यसै गरि कमल ज्ञवालीलाई बुद्धिजीवी उपसमितिको संयोजकमा मनोनित गरिएको छ।