फाइल तस्विर

समाचार

राष्ट्रपती ओबामाद्वारा संविधान दिवसको शुभकामना

By canadakhabar

September 19, 2016

३ असोज, काठमाडौं।

अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई एक सन्देश पठाइ शुभकामना तथा बधाइ ज्ञापन गरेका छन् ।

शुभकामना सन्देशमा उनले संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

फाइल तस्विर

सन्देशमा उनले भनेका छन् “तपाईंको देशमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपत्मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन् ।

त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ । आफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको अमेरिकाले सधैँ प्रशंसा गरिरहनेछ र यस प्रयत्नमा तपाईँहरूलाई सहयोग गर्नका लागि हामी आफूले सक्ने सहयोग गरिरहने छौँ ।”

उनले नेपालको जलविद्युत् सम्भावनाको बृद्धि, पूर्वाधार विकास र दुखद द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायतका उपलब्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति ओबामाले लोकतन्त्रले प्राकृतिक सम्बन्ध स्थापना गर्दछ भन्दै आगामी वर्षहरूमा दुई देशबीचको त्यस सम्बन्धलाई प्रगाढ बनाउन चाहेको उल्लेख गरेका छन् ।