समाचार

ओबामाको ‘भिटो’ अमेरिकी संसदद्धारा अस्वीकृत

By canadakhabar

September 29, 2016

सन् २०११ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाका पीडित परिवारले साउदी सरकारविरुद्ध मुद्धा चलाउन मिल्ने एउटा विधेयकलाई अमेरिकी संसदले पारित गरेको छ ।

मुद्धा चलाउन नमिल्ने गरी ओबामाले प्रस्तावित विधेयकमाथि भिटो (विशेषाधिकार) प्रयोग गरेका थिए । आतंकवादको पक्षपोषण् गर्नेविरुद्ध न्याय अधिनियम (जास्टा) नामको विधेयक रोक्न ओबामाले निकै प्रयास गरेका थिए ।

तर, संसदले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी कंग्रेसमा भिटो अस्वीकार गर्ने पक्षमा ९७ र भिटोको पक्षमा एक मात्र मत परेको थियो ।

राष्ट्रपति ओबामाको कार्यालयमा उनले प्रयोग गरेको भिटो अस्वीकार भएको यो पहिलो घटना हो । ओबामाले आफ्नो कार्यकालमा १२ पटक भिटो प्रयोग गरेका थिए । तर, पहिलो पटक अस्वीकृत भएको छ ।

र, ओबामाले यसलाई गलत भनेका छन् । संसदको यो फैसलाले राष्ट्रपतिको सम्प्रभुताको अधिकारको अवधारणालाई अन्त्य गरेको उनले बताए ।

यो कानुनका कारण अमेरिकी फौज र अधिकारीहरु पनि विदेशमा कानुनी कारबाहीको दायरामा आउन सक्ने ओबामा चिन्ता छ ।

तर, नयाँ कानुनका समर्थकहरुले भने कूटनीतिक असमजस्यता भएपनि पीडित परिवारले न्यााय खोज्न पाउनु महत्वपूर्ण भएको बताएका छन् ।