पर्सिएको बोको
” कालो रङग ” मा जन्मिनु पनि अभिशाप नै हो हाम्रो लागि ” कालो बोको ” शुभ मानेर मनोकामना पुरा हुने भ्रममा परेर निर्दयी आत्माहरुले तन्त्रमन्त्र जपेर अक्षता पर्सेर छिनाउछन मेरो घाँटी के दोष थियो र मेरो ? म लाचार छु ! “म्या…म्या…म्या..” को कारुणिक चिच्याहट बतासको बेगसङगै परपर पुग्छ प्राण रक्षाका खातिर बगेका मेरा अश्रु माटोमा बिलाउछन मेरो प्राण बायु बतासको बेगले हुत्याएर परपर सम्म पुर्याउछ तर अह ! तिमिहरुको त्यही भएको मुटु चस्स दुख्दैन आत्मग्लानी र पस्चाताप पटक्कै देखिदैन ! चटकेले चटक देखाएझै तरबार नचाइरहन्छौ रमितेहरु घाँटी तन्काइ तन्काइ कसैको हत्यालाई रमिता मानेर हेरिरहन्छन । म पिडामा छटपटिदा कसैले भन्दैन…..। ” पशु बलि प्रथा ” हटाउनु पर्छ ! बरु भनछन ” गज्जबको रहेछ “
अनि , मोलतोल गर्छौ फलफल मासु माग्छौ केही बेर अघि सम्म चलेको मुटुलाइ अब सितन बनाउछौ अल्पायुमै ज्यान गुमाएको ” म ” बोकाको पुन : जन्म गराउछौ मटन करि , भुटुवा , कवाब नामाकरण गराउछौ । बिचरा त्यो कालो भाले के दोष छ र त्यस्को चिकेन करि बनाउछौ ? निर्दयी आत्माहरु र्याल चुहाउदै जिब्रो पड्काउदै खान्छौ अनि भोलि , बागमती र बिष्णुमतिमा हाम्रो बेढङगको दाहसंस्कार गर्छौ । मेरो हजुरबुबा, बुबा, दाजुहरुको अन्त्य पनि यसरी नै भएको थियो आज मेरो पालो भोलि तिम्रो अनि तिम्रो …….। चेतनशिल बिबेकशिल कहलिएको ओ मनुस्य ! हाम्रो पिडामा हिउँ झै जम्न सक्दैनौ भने खुसिको पारिलो किरण पर्दा पग्लिन सक्दैनौ भने ओ मनुस्य ! कसरी मानौ तिमीलाइ सर्बश्रेस्ठ प्राणी ! सदियौ देखि बोकाहरुको त निर्मम हत्या गर्दै आएका छौ मेरा दाजुभाइहरुको त बिन्ती नगर ! खसी बनाएर प्रेम गर्ने अधिकार नखोस पिता बन्ने अधिकार नखोस ” म बोका ” को त गन्ध आउँछ बाख्रीहर मेरो गन्धमा मोहित भएर आफै नजिक आउछन मायामा रमाउछौ आज हो कि भोलिको जिन्दगी प्रेममय बनाउछौ
तर ! बिचरा खसिसङग त सबै बाख्रीहरु पनि तर्सिएर हिड्छन त्यो जवान हलक्क बढेको खसिको मन कति रुन्छ होला के तिमीले कहिलै सोचेका छौ ? यदि तिमी साच्चै बिबेकशिल हौ भने हामी खसिबोकाको बाच्न पाउने अधिकार सुनिस्चित गर ” पशु बलि प्रथा ” को अन्त्य गर्न अब अर्को चन्द्रशमशेर बन कालो कुखुरा कालो बोकाहरुले अन्धबिस्वासमा बलि चढ्नु नपरोस ज्युदै घाँटी रेटेर बगेको हाम्रो रगतले न तिमीलाइ पुत्र लाभ हुन्छ न त तिम्रो मनोकामना पूरा हुन्छ दुर्गे माकै दृष्टि र सृष्टि हो यो धर्ती ओ मनुस्य ! बुझ तिमी यति चाहान्नन कुनै आमाले स्वयं आफ्नै सन्तानको सक्तबृस्टी !!
मीरा प्रसाईं बेलायत