समाचार

सुकुटी ! सकिदै बन्यजन्तु

By canadakhabar

October 07, 2016

किशोर खड्का

नझुक्किनुस, यो गत बर्षको दशैको खसिको सुकुटी होईन, दुर्लभ बन्यजन्तुको सुकुटी हो । जुन खुल्लेयाम बेच्न राखिएको छ । यो त एउटा उदाहरण मात्रै हो, तपाई यहाँ जति पनि यस्तै सुकुटी भेट्न सक्नुहुन्छ ।

काठमाण्डौं केन्द्रित सत्ताको खेल र रुमल्लिएको प्रशासनले देशका दुरदराजमा रहेका सम्पदा र बन्यजन्तुको खुलेयाम शिकार र बिक्रिबितरणको त चाँसो लिन नसक्ला तर सोहि स्थानको प्रशासन, नेता र अन्य अगुवाहरु पनि मौन देख्दा भने परिवर्तन र बिकासको कल्पना गर्न पनि निकै सोच्नु पर्ने भान भयो ।

यो सुकुटी पसलमा हाम्रो समुहको निक्कै घम्सा घम्सी पनि पर्यो, के हो यो तरिका यसरी खुलेयाम बन्यजन्तुको सुकुटी बेच्न डर लाग्दैन, हाम्रो प्रश्न थियो । साहुजिको उत्तर थियो, कति आए कति गए, के गर्न सक्नुहुन्छ ? हामी प्रशासक र बैधानीक कानुनको उत्तरदायी त थिएनौं सम्झाउने काम मात्रै सम्भव भयो, त्यै पनि उल्टै पेचिलो जवाफ पायौं ।

बझागं जिल्लको साईपाल क्षेत्रलाई संरक्षण क्षेत्रको रुपमा घोषणा गरिनुपर्ने त बझागं जिल्ला परिषदले धेरै अगाडि प्रश्ताव पारित गरेको हो । राज्यले यसको महत्व बुझेन अथवा आवश्यकता सम्झेन अहिले सम्म कार्यान्वयनमा कुनै चाँसो राखेन सायद स्थानिय प्रशासनले पनि यस्ता अबैधानिका क्रियाकलापहरु नियन्त्रण गर्न आवश्यक सम्झेन । दिनमा सयौं दुर्लभ बन्यजन्तुको खुलेयाम शिकार भईरहयो, बहुमुल्य जडिबुटिहरु खुलेयाम पैठारी भईरहे कसैलाई दुखेन, दुख्दैन ।

यस्ता पक्षहरुमा चासो राख्ने जिल्लामा सायद जनप्रतिनिधी पनि छैनन्, भएकाहरुको आवाज पनि प्रभावकारी बनेको छैन । अझ तितो भन्नुपर्दा जनप्रतिनिधीहरुलाई कसरी भोट पाउने क्षेत्रमा देखावटी बिकास गर्नुछ, यहि चासो र सरोकार छ, भलै त्यो दिगो र वास्तविक बिकास नहोस् । प्रशासकहरुलाई पनि जिल्लाको झैं झगडा र सामान्य प्रशासनिक पक्षको रेखदेख भन्दा बढी चासो राख्ने फुर्सद छैन ।

देशका ठूला ठूला घटनाक्रमको लागि यो बिषय तुछ्छ र महत्वहिन होला तर दिगो र पर्यावरणिय दृष्टिले हेर्न सके यो बिषयको महत्व कति छ बुझनेले मात्रै बुझ्छन होला । यसर्थ पुनः जिल्लाका जनप्रतिनिधीलाई आग्रह यो क्षेत्रलाई संरक्षित क्षेत्र घोषित गरी तत्काल दुर्लभ बन्यजन्तुको शिकार र जडिबुटिको निर्यातलाई ब्यवस्थित गरौं, स्थानिय प्रशासनलाई आग्रह कडाईका साथ यि क्रियाकलापहरु नियन्त्रणमा पनि ध्यान दिऔं, स्थानिय बासिन्दालाई आग्रह, आज क्षणिक लाभ होला तर भविष्यमा हामीले नराम्रोसँग पछुताउनु पर्नेछ तसर्थ समयमै ध्यान पुरयाऔं । Image may contain: night and outdoor