क्यानाडाखबर संवाददाता टोरोन्टो,क्यानाडा ।
नेप्लिज कम्युनिटी नेट्वर्क अफ क्यानाडा (एनसीएनसी ) र नेपाल जनजाती संघ (एनज्याक) को संयुक्त आयोजनामा हुन लागेको ‘दसैं विशेष कार्यक्रम’को तयारी पुरा भएको छ ।
अमेरिका रहेका गायक नरेन्द्र प्यासी को बिशेष प्रस्तुती रहने शुभकामना सांझमा विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । हास्य कलाकार अर्जुन दाहाल गायक प्यासी संगै अमेरिकाबाट आउने छन् ।
कार्यक्रममा क्यानाडा बस्दै आएका मादल बादक सानुराजा महर्जनले मादलबाट थरीथरिका धुनहरु सहित आफ्नो कला देखाउने भएका छन् । क्यानाडाका स्थानिय कलाकारहरुको प्रस्तुती समेत शुभकामना सांझमा देख्न पाईने कार्यक्रम एनसीएनसीका अध्यक्ष गोपी काफ्लेले बताए ।
दिनेश खतिवडाको संयोजनमा हुने यो शुभकामना सांझ अक्टोबर ८ अर्थात (भोली शनिबार) सांझ मिसिसागा स्थित नेशनल ब्यन्क्युट हलमा हुनेछ । कार्यक्रममा उपस्थित भई नेपालीहरुको महान् पर्व दसैं,तिहारको शुभकामना साटासाट गरिदिन आयोजकले क्यानाडा निवासी नेपाली समुदायलाई आग्रह गरेको छ ।