कला / मनोरञ्जन

क्यानाडाको गुएल्फमा भुट्निज समुदायले सांस्कृतिक कार्यक्रम गर्दै

By canadakhabar

October 21, 2016

क्यानाडाखबर संबाददाता टोरोन्टो ।

गुएल्फमा रहेका भुट्निज समुदायको आयोजनामा ‘भुट्निज सांस्कृतिक सांझ’ हुने भएको छ । यही अक्टोबर २२ मा  टोरोन्टोबाट नजिकै रहेको शहर गुएल्फमा हुने कार्यक्रममा अमेरिका रहेका नेपाली नायक तथा स्थापित गायक बाबु बोगटीको बिशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायक बोगटिलाई कलाकार सौरभ तिमल्सिना र हांस्यकलाकार गोपाल नेपाल (फिस्टे) ले साथ दिनेछन् । तिनै कलाकार अमेरिकाबाट एकसाथ क्यानाडा आउने तयारी आयोजकले गरेको छ । अतिथी कलाकारहरु प्रस्तुती संगै स्थानिय कलाकारहरुले पनि  आ-आफ्ना प्रतिभा देखाउने चाजोपाजो आयोजकले मिलाएको छ ।

सानो,सुन्दर मानिने शान्त शहर गुएल्फमा नेपालका राष्ट्रिय कलाकारको उपस्थिती सहित हुने यो कार्यक्रममा उपस्थित भईदिएर भुट्निज समुदायको यो प्रयासमा सहयोग गरिदिन गुएल्फमा रहेको नेपाली समुदायले अपिल गरेको छ ।