नेपालि कथानक चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल” अमेरिका को ठूलो शहर न्यू योर्क सिटी मा सम्पूर्ण छायांकन सम्पन्न गरी सम्पादन कार्य आरम्भ भएको छ, सो चलचित्र लाइ नेपाली चलचित्र नायक तथा निर्माता इश्वर थापा ले निर्देशन गरेका छन् ।
संगीत बाबु बोगटी र ओम कर्माचार्य ले दिएका छन् भने गायकहरु जगदीश समाल, बाबु बोगटी र गायिका हरु अन्जना गुरुङ र सबिता श्रेष्ठ ले स्वर दिएका छन्, त्यसै गरी सो चलचित्र को पटकथा संवाद सुरेन्द्र नकर्मी को रहेको छ, कलाकार हरुमा नदिता के सी, इसान ढकाल, प्रवेश उप्रेती पल, प्रियंका एर, अन्जली लामा, राजेश गुरुङ, प्रेम गुरुङ, सुरेन्द्र बास्तोला, आर जे सी, अमेरिकन कलाकार मे फर्दिनंद रहेका छन् । सो चलचित्रको छायांकन शम्भु मोक्तानले गरेका हुन् ।
ज्याक्सन हाइट मा भन्ने बोल को गीत मा न्यु योर्क शहर को आकर्षण को केन्द्र हरु प्राय सबै लाइ समेटिएको छ जसमा स्तात्चु अफ लिबर्टी, वोर्ल्ड ट्रेड सेब्टर, ब्रूक्लिन ब्रिज, एम्पाएर स्टेट अनि म्यान्ह्यात्टन को गल्लिहरु र टाइम्स स्कुवाएर हरु रहेका छन्, निर्माण सुत्रले जानकारी दिए अनुसार यो पहिलो नेपाली गित हो जसमा यी सबै ठाउँ साढे चार मिनट मा हेर्न सकिने छ । यस चलचित्र का निर्माता हरु मा सम्झना उप्रेती, सलिना श्रेष्ठ र केदार पराजुली रहेका छन् । सो चलचित्र सन् २०१७ साल को समर वा नेपाली नया बर्ष २०७४ सम्म रिलिज गर्ने लक्ष्य रहेको छ ।