फाइल तस्विर

समाचार

क्यानाडामा नेपाल पर्यटन पर्बद्दन समिती बिस्तार

By canadakhabar

November 14, 2016

क्यानाडाखबर संबाददाता- टोरोन्टो,क्यानाडा    

नेपालको पर्यटन प्रबर्दन लागि प्रवासी नेपालीहरु सहयोग लिदै विभिन्न प्रचार अभियान चलाउने निती सहित नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकहरुमा पर्यटन प्रतिनिधि नियुक्त गरी आफ्ना अभियान संचालन गर्दै आईरहेको छ ।

केही समय अघी मात्रै क्यानाडामा ट्रक ब्यवसाय संचालन गर्दै आएका एनबी टन्डनलाई पर्यटन प्रतिनीधी तोकेको थियो । उनै टन्डनको संयोजनमा नेपाल पर्यटन बोर्ड क्यानाडाको कमिटी विस्तार गरिएको छ ।

कमिटिमा बुद्दी ओली, सुरेश रजौरे, माधव गजुरेल,बिष्णु पौडेल,तेन्जिन भुटिया,विनोद सेन, सुमन ढकाल, अनिल श्रेष्ठ,रोशन केसी, राजु बस्कोटा(मोन्ट्रियल ) तुल्सी रिजाल(अल्बटा),चन्द्र अधिकारी (भ्यानकुबर) ,चित्र प्रधान (विनपेग),एश्वर्या श्रेष्ठ,हरी पाण्डे, बिजय लम्साल बालकुमार कार्की,रन्जित मगर, साथसाथै क्यानाडाका लागि नेपाली राजदुताबास, एनआरएन क्यानाडा प्रतिनिधि रहने गरी नयाँ समिती निर्माण भएको छ ।

समितीले क्यानाडामा नेपालको पर्यटन सम्भावना सम्बन्धी प्रचार -प्रसार अभियान चलाउने लक्ष्य राखेको छ । क्यानेडियन संघ-संस्था, कलेज, पुतकालय र समुदाय सम्मै पुगेर नेपालबारे जानकारी गराउंदै घुम्न जान आग्रह गरिने संयोजक टन्डनले बताए । मल्टिमिडिया,बूकलेट,भिजिटिङ कार्ड,अनलाइन डिजिटल डिस्प्ले,नेपाल पेन्टिङ गरिएको ट्रक लगायतको माध्यमबाट प्रचार अभियान गरिने उनको बताए ।