कला / मनोरञ्जन

मैले बिकिनी लगाउनु देश अनुसारको भेष हो !- नायिका पुजा शर्मा

By canadakhabar

December 01, 2016

बाबु सुरेश – क्यानाडाखबर

केहि हप्ता पहिले थाईल्याण्डमा होलिडे मनाउँदै गर्दा समुन्द्री किनारमा पुगेर बिकिनीमा अभिनेत्री पूजा शर्माले गरेको मस्तीले सामाजिक सञ्जाल तथा मिडियामा राम्रै चर्चा पायो । पूजाको बिकिनी अबतारलाई जोडेर थुप्रै गसिपहरु बने ।

यो बीचमा काठमाडौंमा भेटिएकी पूजासँग फिल्मीखबरका बैकुण्ठ पराजुलीले भिडियो कुराकानी जोडेका छन् । पूजा र उनको बिकिनी अबतारको बारेमा राखिएको जिज्ञाशामा पूजाले ‘देश अनुसारको भेष’ भनेकी छिन् । ‘थाईल्याण्ड पुगेर त्यो पनि समुन्द्री किनारमा कोट लगाउनु त ?’ पूजाले प्रतिप्रश्न गरिन् ।

ठाउँ अनुसार बिकिनी पहिरेको भन्दै सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुले केहि असर नगर्ने उनको भनाई छ । पूजासँगको भिडियो कुराकानी उल्लेखित लिङ्कमा हेर्नुहोस ।