क्यानाडाखबर संबाददाता टोरोन्टो,क्यानाडा ।
पछील्लो समय क्यानाडामा नेपालीहरुको आगमन बाक्लिदो छ । नेपाली समुदायलाई आवश्यक सेवा सुविधा दिने कसरत गर्दै केही नेपालीहरु नेपाली समुदायलाई लक्षित पारी बिभिन्न ब्याबसायिक क्षेत्रमा संलग्न छन् , त्यस मध्य एक हो घर जग्गा कारोबार ।
क्यानाडामा २ वर्ष यता घर जग्गा कारोबार ह्वात्तै बढेको छ । घर जग्गा कारोबार र मुल्यब्रिद्दी सगै नेपालीहरुले घर जग्गा किनबेचलाई तिब्रता दिएको पाईन्छ । घर किनेको केही समय लगत्तै बेच्दा पनि निकै अन्तरमा फाईदा हुने भएकाले पनि यो क्रमले तिब्रता पाएको बुझिन्छ । यही समयको मौका छोप्दै घर जग्गा सम्बन्धी अध्ययन संगै आफ्नो नामको पछाडि ‘रियल्टर’को उपमा थप्दै आएका छन् ॠषिराम गैरे ।
अर्थशास्त्रका ज्ञाता गैरेका बिभिन्न पुस्तक नेपालमा प्रकाशित छन् । काठमाडौंका क्याम्पसहरुमा अध्यापन पेशा अपनाएका गैरे ३ वर्ष अगाडि मात्रै क्यानाडा आएका थिए । ‘ओरिया रियल स्टेज कलेज’को अध्ययन सके लगत्तै उनले घर जग्गा ब्यवसाय सुरु गरेका छन् ।
क्यानाडाको ग्रेटर टोरोन्टो एरीयामा उनले आफ्नो ब्यवसाय सुरु गर्ने बताएका छन् । कन्डो मिनियम,टाउन हाउस, सेमी डिटाज तथा डिटाज घरहरु किनबेच गर्न परेमा आफूलाई सम्पर्क गर्न नेपाली समुदायलाई आग्रह समेत गरेका छन् ।
गैरे लगायत एक दर्जन भन्दा बढी नेपालीहरुले क्यानाडामा ‘रियल्टर’ ब्यवसाय गर्दै आएका छन् ।