देश

नेपालको समसामायिक बिषयमा क्यानाडामा बहस

By canadakhabar

December 11, 2016

क्यानाडाखबर संबाददाता टोरोन्टो,क्यानाडा । नेपालको राजनिती,संबिधान, द्वन्द ब्यबस्थापन,मानब अधिकार लगायत समसामहिक बिषयमा एक अन्तरकृया कार्यक्रम आयोजना गरिएको छ ।

६८ औं  विश्व मानव अधिकार दिवसको अबसर पारेर पुर्व मानव अधिकारकर्मी तथा कन्सन नेपाल,क्यानाडाका अगुवा गोविन्द सिवाकोटीको पहलमा ब्राम्टोन स्थित सेन्ट्रल लाइब्रेरीमा आयोजित बहस अन्तरकृयामा नेपालमा लामो समय मानव अधिकार र संबैधानिक निकायमा काम गरिसकेका डाक्टर पूर्ण कान्त अधिकारी मुख्य बक्ता थिए ।

देशमा   राजनैतीक अस्थिरता र दलहरुको खिचातानीले नै मुलुकले  सुशासन र गती लिन नसकेको उनको बिचार  थियो । दलहरुको राजनैतीक अन्योलता र धुब्रिकरणले राज्य संचालन प्रकृयामा समेत बाधा पुगेको उनको बुझाई छ । डाक्टर अधिकारीको बिचार संगै सहभागीहरु आ-आफ्ना बिचार र चासो  ब्यक्त गरेका थिए ।