Χ राजु थापा — क्यानडाखबर संबाददाता । टोरोन्टो,क्यानाडा
कार्यक्रममा बिभिन्न क्षेत्रबाट नेप्लीज कम्यूनिटिका लागि सहयोग गर्नुहुने ब्यक्तिहरु र संघ संथाहरु लाई (एन सी एन सी) का संथापक अध्यक्ष किरण ढुंगाना, एनआरएनए क्यानडाका अध्यक्ष तुल्सी सापकोटा र (एन सी एन सी) का निवर्तमान अध्यक्ष गोपिकृष्ण काफ्ले द्धारा प्रमाण पत्र, सील्ड र ट्रफि प्रदान गर्नुभएको थियो । जिटिएमा रहनु भएका नेपाली समुदायका सदस्यहरु, पत्रकार, ब्यापारी, बिभिन्न पेशामा आबद्ध हुनु भएका ब्यक्तित्वहरु लगायत जिटिएमा रहेका संघ संथाहरु एनआरएनए क्यानडा, एनसीसीएस, जनजाति संघ, मगर संघ, नेवा गुठी, जनसम्पर्क समिति क्यानडा लगायतका संघ सथाहरुको बाक्लो उपस्थिति रहेको साधारण सभाले ठूलो कसरत पस्चात उपाध्यक्ष बाहेक दश पदमा सहमतिमा चयन गरेको थियो भने उपाध्यक्ष चारजना मध्यको निर्बाचनबाट नेत्र (दिनेश) खतिवडा विजयी भएका थिए ।
निर्वाचित सबै कार्य समितिका सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता अतुल सुवेदीले सोहि समारोहमा सफत ग्रहण गराउनु भएको थियो । क्यानडामा नेपाली समुदायको बढ्दो संङ्ख्या र समुदाय प्रतिको बढ्दो आकर्षणले गर्दा अब अर्को बर्ष हुने एनआरएनएको निर्बाचन प्रति सबैको ध्यान र आकर्षण देखिएको छ । कार्यक्रम क्यानडाका लागि नेपाली कन्सुलेट जर्नल डा. कुन्जर शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।