समाचार

अन्टारटिकाको हिमालमा नेपाली झन्डा

By canadakhabar

January 11, 2017

                                                                                 क्यानाडाखबर संबाददाता

 अन्टारटिकाको सर्बोच शिखरमा विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफमा क्रितिमानी विश्वपर्वतारोहि संजय पण्डितले नेपालको झन्डा फर्फराएका छन् । नेपाली झन्डासंगै पण्डितले भादगाउले टोपी शिरमा लगाएर पर्दशन गरेका छन् । उनले यहि जनवरी ४ का दिन भिन्सोंन मसिफमा पाइला राख्न सफल भएका हुन् । पण्डितले सोमबार मात्र अन्टारटिकाको अर्को चरचित पर्बत माउन्ट रजडम्यान आरोहण गरेका छन् ।

सहितको टोलीले द्क्षिण मोहडाबाट सफलता पुर्बक आरोहण गरेका थिए । उनि करिब ५ मिनेट माउन्ट रजडम्यान अर्ध नंगिएर नेपाली राष्ट्रिय झन्डा फरफराउन सफल भएका छन | पण्डितले उक्त हिमाल आरोहणगर्ने नेपालकै पहिलो पर्वतारोही बनेका छन् ।

अमेरिकी बिस्वचर्चित आरोही १० पटक सगरमाथा आरोहण गर्न सफल वर्न तेजासले गाइड गरेका थिए भने क्यानाडाका एलन किलर आरोही सहयात्री रहेका थिए । मौसम निकै प्रतिकुल हुंदा  पनि आफुले सफल आरोहण गरेको हुनाले अन्टारटिका अभियानमा सहयोग गर्ने सबैलाई शिखरबाट धन्यबाद दिएका छन् ।