देश

पृथ्वी नारायण शाहको सम्झना क्यानाडामा

By canadakhabar

January 12, 2017

राजु थापा – क्यानाडाखबर संबाददाता टोरोन्टो    ।  पौष २७ अर्थात जनवरी ११ मा   २९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारी  एक कार्यक्रम क्यानाडाको ब्राम्टोन आयोजना गरिएको छ ।   पृथ्वीनारायण शाहले छरिएर रहेका बाइसे चौबिसे राज्यलाई एउटै मुलुकमा एकीकरण गरी  बलियो केन्द्रिकृत राज्य स्थापना गर्नुका साथै बहुजाति, बहुभाषीक र बहुसंस्कृति एकता गरेका थिए ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन उठेका मागप्रति देखाएको उदासीनताले  स्व. पृथ्वीनारायण शाह र हामी नेपाली प्रतिनै अपमान भएको चर्चा गरेको थियो । साथै उहांले बडो दुखःले गरेको एकिकरण लाई अहिलेका राजनितिक नेतृत्वहरुले संघियताको नाममा देशलाई टुक्रा टुक्रा गर्न लागेका प्रति सवैले आक्रोस ब्यक्त गरेका थिए ।

साथै आज हामी जुनसुकै देशमा रहेपनि नेपाली र गोर्खालीको पहिचान बोकि शिरमा टोपी र शान लिएर हिड्न पाएकोमा उहाकै देन रहेकोले त्यसलाई सधै जोगाई राख्नु हामि सवै नेपालीको कर्तब्य रहेको उल्लेख गरिएको थियो ।

कार्यक्रममा ग्रेटर टोरोन्टो भित्र रहेका विभिन्न संघ संथाका प्रतिनिधि लगायत विभिन्न पेशामा आबद्ध रहुन भएका ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम एनआरएनए क्यानडाका पूर्व उपाध्यक्ष अभिमन्यू बस्नेतको संयाजनमा एभरेष्ट तेक्वान्दो एकेडेमिको तालिमहलमा सम्पन्न भएको थियो ।