समाचार

नेतृत्व चयन विवादले अनेरास्ववियु अर्घाखाँचीको जिल्ला अधिवेशन अनिश्चतकालका लागि स्थगित

By canadakhabar

February 18, 2017

अर्घाखाँची,माघ २१ । नेतृत्व चयन विवादका कारण अनेरास्ववियु अर्घाखाँचीको २१ औं जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ ।

अधिवेशनको वन्द शत्रमा अध्यक्ष मण्डल बनाउने विषयमा दुई समुह बीच विवाद भएपछि अधिवेशन स्थगित भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रदिप नेपालीले जानकारी दिए ।

विवादका बीच नेतृत्व चयन गर्दा स्ववियु निर्वाचन प्रभावित हुने भन्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी इन्चार्ज दिपक विकले अधिवेशन स्थगितको घोषणा गरेका थिए ।

उनले पुरानै समितिले यथावत रुपमा काम गर्ने बताए । अधिवेशनको उद्घाटन एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले गरेका थिए ।

अधिवेशन स्थगित भएपनि एक समुहले भने नेतृत्व घोषणा गरेको छ ।

एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले विवादका बीच चयन गरिएको नेतृत्वले मान्यता नपाउने भन्दै अर्को अधिवेशन नहुँदा सम्म पुरानै कार्य समितिले मान्यता पाउने बताए ।

अनेरास्ववियुको वैठक बसी विज्ञप्ति जारी गरि अधिवेशन स्थगित गरिएको जानकारी दिएको छ ।