कला / मनोरञ्जन

बिईगँ ह्युमनको शो रुम अवलोकन गर्न चर्चित बलिउड अभिनेता सलमान खान नेपाल आउने

By canadakhabar

February 18, 2017

रोशन घिमिरे । चर्चित बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । बिश्वभर स्थापीत भइसकेको ब्राण्ड विईगँ ह्युमनका नेपाल प्रमुख राजु थापासँग भएको भेटमा सलमानले आफ्ना नेपाली समर्थकहरुप्रती आभार प्रकट गर्दै आँफु छिट्टै नेपाल आउने बताएका हुन् । बिहिवार बान्द्रास्थित सलमान खानकै निवासमा भएको भेटमा थापाले सलमानलाई बिईगँ ह्युमनको शो रुम अवलोकन गर्नका लागि नेपाल भ्रमणको निम्तो दिएका हुन् । सलमानले पनि आफ्नो ब्राण्ड नेपालमा चर्चित हुँदै गएकोमा खुशी व्यक्त गरेका थिए ।

३ वर्ष अघि नेपालमा आधिकारीक रुपमा प्रवेश गरेको बिईगँ ह्युमनले ३ वटा शाखा बिस्तार गरीसकेको छ । च्यारीटीका लागि सलमान खानले स्थापना गरेको यो व्राण्ड युवा व्यवसायि राजु थापाले नै नेपाल भित्र्याएका हुन् ।सलमान खान फाउण्डेसन तथा यसको उत्पादक कम्पनी मन्धना इन्टस्ट्रिजसंग सहकार्य गर्दै ‘बिइङ् ह्युमनको आधिकारिक सो रुम नेपालमा सञ्चालनमा आएको हो । सन् २००७ मा फ्रान्समा खुलेको पहिलो शो रुमपछि बेल्जियम, स्पेन, बहराइन, दोहा, जेद्धाह, कुबेत, जोर्डन, संयुक्त अरब, पाकिस्तान, रियाध, भारत आदिपछि नेपाल ‘बिइङ् ह्युमनको सोरुम सञ्चालन गर्ने पन्ध्रौं मूलुक हो ।