कला / मनोरञ्जन

’गोरी काली’ बोलको रोमान्टीक म्युजीक भिडीयो सार्बजनिक

By canadakhabar

February 24, 2017

’गोरी काली’ बोलको रोमान्टीक म्युजीक भिडीयो सार्बजनिक भएको छ । राज श्रेष्ठको स्वर तथा संगीत रहेको सार्बजनिक  गीती भिडीयोमा अनु शाह , बिकास लामिछाने र आरजु खरेलको अभिनय देख्न सकिन्छ जहाँ उनीहरुलाई निकै रोमान्टीक मुडमा रहेका छन् ।

मोहोन राज अधिकारीले निर्देशन गरेको भिडीयोमा मोडल बिकासले दुई गोरी काली पात्रलाई जिस्काईरहेको समेत देख्न सकिन्छ । एसियान म्युजीकले तयार गारेको भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन , माधब बेलबासेको सम्पादन र सीमा गुरुङको मेकअप रहेको छ।