उत्तम मकाजू – टोरोन्टो ।
क्यानाडियन नेवा गुठिले निम्न आय भएका परिवार र नब आगन्तुकहरुको लागि प्रत्यक बर्ष संचालन गर्दै आएको ‘निशुल्क कर आबेदन शिबिर’ हालै टोरोन्टो मा संचालन गरियो ।
शिबिर टोरोन्टो डाउन टाउनको सेन्ट जेम्स टाउन कम्युनिटि कर्नरमा मार्च ११ मा संचालन गरिएको थियो । नेपाली समुदायलाई लक्षित गरि संचालन गरिएको शिबिरमा सेवाग्राही हरुको बाक्लो उपस्थिति थियो । गुठीले यस्तो कार्यक्रम हरेक वर्ष गर्दै आईरहेको छ । कर आबेदन शिबिरमा कर सम्बन्धी काम गर्दै आएका संस्थाका सचिब रबिन प्रधान, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ, जन सम्पर्क प्रमुख नरेश ताम्राकार, रोदेश शाक्य, नबिन श्रेष्ठ, किरण अवालको साथै अणु श्रेष्ठ, बन्दना पोखरेल र रबिन जोशीले सेवा प्रदान गर्नु भएको थियो ।
साथै गुठीले बिगतका बर्षहरुमा झैँ भुटानी समुदायको लागि सोहि सेवा आगामी मार्च १८ , शनिबार टोरोन्टोस्थित स्कारबोरोमा शिविर राख्ने निर्णय गरेको छ भने ब्रम्टोन क्षेत्रका नेपाली समुदायको लागि मार्च २५, शनिबार नेपलिज क्यनेडियन हेरिटेज सेन्टर संग सहकार्य गरी पशुपति नाथ नेपाली मन्दिरमा पनि “निशुल्क कर आबेदन शिबिर” संचालन गरिने गुठीले जनाएको छ ।
क्यानाडामा हरेक नागरिकले आफ्नो आय व्ययको विवरण अनिबार्य रुपमा अप्रिल महिनाको अन्त सम्ममा पेश गर्नु पर्दछ ।
Save