कला / मनोरञ्जन

कृष्ण लामिछानेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

By canadakhabar

March 18, 2017

काठमाडौं । गोरखाको घ्याल्चोक बेनिघाट र चोभार डाँडामा सुटिङ गरिएको गायक कृष्ण लामिछानेको ‘तिमी राम्रो ढाका चोलीमा’ बोलको गीत सार्वजनिक भएको छ । निर्माणधिन बुढीगण्डकी जलविद्युत आयोजना नजिकै केही समयअघि सुटिङ गरिएको उक्त गीतको भिडियोमा सागर, सरिना, प्रकाश र पूर्णिमाले अभिनय गरेका छन् । दर्जन बढी गीतमा शब्द तथा लय दिएका लामिछानेको यो गीतमा माया प्रेमका कथा छन् । मायाप्रेम कथामा आधारित उक्त गीतमा कृष्ण लामिछाने र भावना बस्नेतले स्वर दिएका छन् । गीतमा शब्द तथा संगीत पनि कृष्ण लामिछानेको नै रहेको छ । सागर लामाले निर्देशन गरेको भिडियोलाई एसके डिजिटलमार्फत लामिछानेले आफ्नै युट्युब च्यालनबाट सार्वजनिक गरेका हुन् । उनले स्वर दिएको ३ गीतले बजारमा चर्चा पाइसकेको छ ।