विशेष रिपोर्ट

न्युयोर्कमा संसारकै सबैभन्दा अग्लो यु आकारको टावर निर्माण हुने

By canadakhabar

April 01, 2017

न्युयोर्क आर्किटेक्चरल फर्मले एक नया घुमाउरो यु आकारको विश्वको सबैभन्दा लामो भवन अर्थात टावर निर्माण गर्ने भएकोे छ । यसको नाम ‘द विग वेन्ड ‘ रहनेछ । लम्वाई ४ हजार फिट तथा १ दशमलव २२ किलोमिटर तय गरिएको छ । यसको टुप्पामा यु आकारको मोड बनाइने छ । यो टावर हालसम्मकै अग्लो दुवइमा रहेको वुर्ज खलिफा भन्दा ठुलो हुने बताइएको छ ।

यस भवनको चौडाई कति पातलो गर्ने भन्नेबारे भने हालसम्म खुलाईएको छैन । हरेक कुरा नयाँ तरिकाले बनाइने यस भवनको लिफ्ट पनि यु आकारबाट नै सञ्चालन हुने बनाइएको छ । जुन ग्लास लाइनको माध्यमबाट तेस्रो र ठाडो चल्नेछ ।

‘द विग वेन्ड ‘को निर्माण सेन्ट्रल पार्क नजिकै विलीनेयर रो मा हुनेछ । जहाँ शहरभरिका कैयौ सुविधासम्पन्न भवनहरु निर्माण गरिएका छन् ।

एजेन्सीको सहयोगमा । 

निर्माण गरिने टावरको स्केज