समाचार

क्यानाडामा प्रवासी नेपाली मन्च गठन

By canadakhabar

April 10, 2017

क्यानाडाखबर संबाददाता- टोरोन्टो ।

पछील्लो समय नेपालको राजनैतीक छांया प्रवासमा अछुतो छैन । क्यानाडामा पनि यसको प्रभाब बाक्लो छ ।  प्रवासी नेपाली मन्च, क्यानडाको अध्यक्षमा रमेश थापा निर्वाचित भएका छ्न् ।शनिबार  टोरोन्टोमा भएको संस्थाको पहिलो भेलाले  महासचिबमा बिश्वम्भर घिमिरे र उपाध्यक्षमा रबिन्द्र घिमिरे, पशुपती पोख्रेल र कुशुम ज्ञवालीलाई  निर्वाचित गरेको छ । यसैगरि सचिबमा सुजता गुरुङ, बेदनिधी गौतम, सुबास गिरी र कोषाध्यक्षमा सान्ताराम सापकोटा निर्वाचित भएका छ्न । ५१ सदस्यिय कार्यसमिती चयन गरी सम्मेलन सकिएको छ । प्रवासी मन्च एमाले समर्थित प्रवासी नेपालीहरुको राजनैतीक संघठन हो ।

निकै लामो कसरत पछी  निर्माण गरिएको मन्चको सम्मेलनमा नेकपा एमाले अध्यक्ष केपी ओलीको समेत उपस्थिती रहने भनिएता पनि पार्टी केन्द्रका कुनै पनि नेता कार्यक्रममा देखिएनन् । ओलीले नेपालबाटै नवगठित प्रवासी मन्च क्यानाडाको सफलताको कामना गर्दै शुभकामना पत्र पठाएका थिए । कार्यक्रममा टोरोन्टोस्थित नेपाली संघ-संस्थाका प्रतिनिधिहरुले मन्चको कार्य सफलताको शुभकामना सहित मतब्य राखेका थिए ।

यस संगै काङ्रेस निकट जनसंम्पर्क समितीको विभिन्न समुह उपसमुह र राप्रपा नेपाल समर्थित समुहले क्यानाडामा  आफ्ना गतिविधी चलाईरहेका छन् ।

Save