मुक्ती गौतम ।

साहित्य सिर्जना

आमाको सम्झनामा

By canadakhabar

April 26, 2017

 आमाको सम्झनामा;

उनीसंगै घर बिउँझन्छ गाईबस्तु बारीका रुखका चराहरु रातभरी मुर्झाएका करेसा बारीका फूलहरु शीतमा लथ्रक्क भीजेका तरकारीका बोटहरु बिउँझन्छन् उनीसंगै ।

उनीसंगै मस्त निन्द्रामा परेका छपेर्नीहरु घर माँथीको पुरानो मन्दिरका घण्टहरु रातभरी सुसाएर थाकेको रानीबन हलीहरु, पधेर्नीहरु सुदूर पूर्बमा लाली भरिएको उँज्यालो दिन र खोपीमा निशब्द बसिरहेका देउता पनि बिउँझन्छन् ।

उनीसंगै चुल्हो ब्युझन्छ चुल्होको उँज्यालो संग घरभित्र आशाहरु छिर्छन् हजूर बाका निभ्न थालेका आँखाहरुमा चमक थपिन्छ हरेक दिन, त्यहि आगोले हाम्रो पेटमा तातो पस्छ र तातोले अनुहारमा मुस्कान खस्छ ।

हावा उनीलाई छोएर यतैबाट घर भित्र छिर्छ , घरका बस्तु बारीको अन्न जंगलका रुख यतै चौबिसै घण्टा चलिरहने हावा र धाराको पानीमा पनि उनकै माया छ , उ त्यो माँथीको घामको उँज्यालो पनि त्यही ममताको सप्को छोएर खस्छ आँगनमा आँगनबाटै हाम्रो जीउँ हाम्रो गोठ र बारीमा पर्छ घाम, उनै त हुन् सखारै उठेर घाम छरेर खुशी फलाउँने धर्तीमा उनी अर्थात आमा ।

Save