काठमाडौँ, जेठ १ – मुचुल्कामा उल्लेख भएको भन्दा मत बढी देखिएपछि पत्र भेटिएपछि रोकिएको काठमाडौँ महानगरको मतगणना पुनः शुरु भएको छ ।
काठमाडौँ महानगरको वडा नम्बर १ मा कुल मतदाता ३१६० रहेकोमा २३३२ मत खसेको थियो । तर, मतपेटिकामा त्योभन्दा बढी मतपत्र भेटिएपछि मतदान केही बेर स्थगित भएको थियो ।
तर, अहिले फेरि मतगणना सुचारु भएको छ । झण्डै दुई बज्न लाग्दा शुरु भएको हो ।
काठमाडौं महानगरपालिकाका १६९ पदका लागि ८६७ को उम्मेदवारी परेको छ ।
प्रमुखमा २८, उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको काठमाडौमा एमाले राप्रपा गठबन्धन बनेको थियो ।
मेयरका उम्मेदवार
नेपाली कांग्रेसका राजुराज जोशी – २३ मत
माओवादी केन्द्रका सर्वोत्तम डंगोल – २ मत
एमालेका विद्यासुन्दर शाक्य – ३५ मत
साझा पार्टीका किशोर थापा – २६ मत
विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना – २५ मत
नयाँ शक्ति/संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य – २ मत उपमेयरका उम्मेदवार
नेपाली कांग्रेसका हरिप्रभा जोशी खड्गी — ४१ मत
माओवादी केन्द्रका सुशीला पौडेल — २ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — २३ मत
साझा पार्टीका निरुपमा यादव — १२ मत
एमाले उपमेयर–४९