समाचार

क्यानाडामा नेपालीले ‘5K Walk’ गर्दै

By canadakhabar

May 20, 2017

क्यानाडाखबर संवाददाता । एआरएन क्यानाडाले ‘स्वस्थ रहौं’ भन्ने नारा सहित `5Kwalk`(५ किलोमिटर वाक) गर्दै छ । भोली अर्थात आइतबार बिहान ९ बजे ब्राम्टोनस्थित इटोविके क्रीक ट्रिल पार्कमा हुने कार्यक्रममा टोरोन्टो आसपासमा बसोबास गर्ने नेपाली समुदायलाई सहभागीताका लागि आमन्त्रण गरिएको एनआरएन क्यानाडाका प्रवक्ता किस्मत भण्डारीले बताए । ‘कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ ।

सबै उमेर समुहका मनिसहरु यो वाक मा सहभागी हुन सक्नेछन् , यो हामी सबैको साझा कार्यक्रम भएकाले सफल बनाउन एनआरएन क्यानाडा अनुरोध गर्दछ’ उनले भने ।

बिहान ९ बजे बाट सुरु हुने कार्यक्रम करिव २ घण्टामा टुङ्गिनेछ । लालिगुरांस स्पोर्टस क्लबसंगको सहकार्यमा यो कार्यक्रम हरेक वर्षको मे मा हुने गर्छ ।

Save

Save