समाचार

क्यानाडामा नेपालीको ‘मिनी परेड’

By canadakhabar

May 23, 2017

क्यानाडाखबर संबाददाता ।

नेप्लिज क्यानेडियन महिला एशोसियसन क्यानाडाले टोरोन्टोमा नेपाल पर्यटन प्रबर्द्दनमा सघाउ पुर्याउन भन्दै ‘नेपाल परेड’ आयोजना गरेको छ ।

टोरोन्टो इटन सेन्टर अगाडिबाट सुरु गरिएको परेड फिलिप स्क्वायरमा गएर टुङिएको थियो । नेपाली पोशाक र झन्डा सहित भेला भएका नेपालीहरुले परेडका क्रममा बाटोमा भेटिएका बिदेशीहरुलाई नेपाल चिनारी गराउने पोस्टर,बूक्लेट दिएर नेपाल घुम्न जान आग्रह गरेका थिए ।

परेडमा नेपालबाट आएका नेपाली कांङ्रेस नेत्री तथा नेपाल सरकारका राज्यमन्त्री सुबर्न  जवर्चन,पर्यटन बोर्ड क्यानाडा संयोजक एनबी टन्डन, गायक तथा अमेरिका-क्यानडाकालागी नेपाली सांस्कृतिक सद्भावना दुत पूर्ण नेपाली,एनआरएन अध्यक्ष तुल्सी सापकोटा ,महासचिव सुमन लम्साल,प्रवक्ता किस्मत भण्डारी

एनसीसिएसका अगुवा गोपाल भण्डारी, प्रगतीशिल मन्चका अध्यक्ष रमेश थापा,नेवा गुठीका अगुवा उत्तम मकाजू, बिमा सल्लाकार राजन श्रेष्ठ,रिएल्टर भानु सिवाकोटी, नेपाल देखीनै पर्यटन प्रचार प्रसारका लागि आएका  नेपाल फेस्टिबल प्रालीका प्रतिनिधिहरु, आयोजक संस्था एनसीड्ब्लूएका  प्रतिनिधिहरु लगायतले उपस्थित जनाएका थिए ।

Save