देश

क्यानाडा बस्दै आएका गुरु श्रेष्ठको असामहिक निधन

By canadakhabar

June 25, 2017

क्यानाडाखबर संबाददाता – टोरोन्टो ।

झन्डै दुई दशकदेखी क्यानाडा बस्दै आएका गुरु प्रसाद श्रेष्ठको शनिबार दिउंसो ५६ वर्षको उमेरमा मृत्‍यु भएको छ । स-परिवार सहित उनी क्यानाडाको ब्राम्टोनमा बस्दै आएका थिए । निकै मिलनसार स्वाभाबका श्रेष्ठ क्यानाडामा रहेका विभिन्न संघ-संस्था मार्फत समाजसेवामा तल्लिन हुन्थे ।

उनको ब्राम्टोनमा आफ्नै नामको गुरु हाक्का खजना रेष्टुरेन्ट संचालनमा छ । अर्घाखांचीमा जन्मिएका श्रेष्ठ बिगत केही बर्ष देखी शारिरीक रुपमा अस्वस्थ रहदै आएको परिवारस्रोतको भनाई छ । उनको पार्थिव शरीरको अन्तिम दाह संस्कार

June 26, 2017 Day: Monday, Time: 3-6 pm Address: Brampton Crematorium and Visitation Centre Inc                                                                                   30 Bramwin Crt, Brampton, ON, L6T 5G2                                                                                  Major intersection: Steels and Torbram Road मा हुनेछ । क्यानाडामा नेपाली समुदायको एउटा होनाहार ब्यक्तित्व गुमाउन पर्दा नेपाली मनहरु दुखेका छन् उनीप्रती हार्दिक श्रद्दा सुमन !