समाचार

नेपाली पाठशालाको अभिभावक भेला सम्पन्न

By canadakhabar

June 25, 2017

जुन २४, क्यानाडाखवर क्यालगरी व्युरो क्यालगरीमा सञ्चालित नेपाली पाठशालाको अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम साउथइस्ट स्थित एलिसन पार्कमा आज सम्पन्न भएको छ । पाठशालामा अध्ययनरत विधार्थीहरुलाई प्रगति वितरण तथा बाहय क्रियाकलाप गराउन उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरीले नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले क्यालगरी बोर्ड अफ एजुकेशनको सहयोगमा प्रत्येक साताको शनिवार नेपाली पाठशाला सञ्चालन गर्दै आईरहेका छ । विधार्थीहरुलाई प्रगति विवरण, ड्रेस तथा पुरस्कार वितरण गर्दै संस्थाका अध्यक्ष धुव्र राईले नेपाली भाषा कला संस्कृति संरक्षणमा अभिभावकहरुले देखाएको चासो र सहयोगको प्रशंशा गरेका थिए । उनले संस्थाको रिसोर्स सेन्टर निर्माण भए पाठशाला सञ्चालन गर्न सजिलो हुने भन्दै सवैलाई सक्दो सहयोग गर्न अपिल गरे । कार्यक्रममा बोल्दै अभिभावक मनोहर श्रेष्ठले पाठशालाले बालबालिकाहरुमा नेपाली भाषिक विकास हुदै गएको भन्दै खुशी व्यक्त गरे । संस्थाले विभिन्न तीन विधा (सहयोगी हातहरु, भाषा सुधार र बेस्ट एटेन्डेन्स) मा सर्वाेत्कृष्ट विधार्थाीहरुलाई पुरस्कृत गरेको थियो ।

सहयोगी हातहरु विद्याबाट विशिका ढुङ्गेल, अनुका कंडेल, आभा आचार्य र अर्चन कुईकेल तथा भाषा सुधार विधामा काव्या देव, सौर्य अर्याल र प्रलेष दाहाल पुरस्कृत भएका थिए । बेस्ट एटेन्डेन्स विधाबाट उत्सव ओझा र एन्जल भट्टराई पुरस्कृत भएका थिए । चालिस भन्दा बढी विधार्थी रहेको पाठशालामा सञ्चालनमा निरन्तर सहयोग गरेको भन्दै शिक्षिका द्धय समा उपाध्याय र चन्द्रकला घिमिरेलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष धुव्र राईको संयोजकत्व सम्पन्न कार्यक्रम श्रीकान्त अर्यालले सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाका सचिव दिनेश अधिकारी, उपाध्यक्ष कमल भट्टराई, मिडिया कोर्डिनेर प्रविना भण्डारी, विभु ओझा, छवि अर्याल, विशाल ढुङ्गेल लगायतको उपश्थिती रहेको थियो ।