कला / मनोरञ्जन

लिम्वु संगै झुमे क्यालगरीबासी नेपालीहरु

By canadakhabar

June 27, 2017

जुन २६, क्यानडाखवर.कम क्यालगरी व्युरो पहिलो पटक क्यानाडाको क्यालगरी आएका नेपाली तारा दिपक लिम्वुले क्यालगरीका नेपालीलाई गीत गाएर आज भरपुर मनोरञ्जन दिए । सयौ दर्शकको साथ पाएका लिम्वुले हौसिदै आफना झण्ड्रै दर्जन गीत दर्शकलाई सुनाउदा वान्समोरले हल गुन्जियो । मैले त्यहि भएर मन पराको गीत गाउँदै गर्दा उपश्थित दर्शकहरुले उनलाई मज्जैले साथ दिए । उनले क्यालगरी मन पराएकी नाई कुन्नी ? तर क्यालगरीबासीले भने उनका गीतहरु संगै नाचेर साथ दिए ।

क्यालगरीको फाल्कोनरीच कम्युनिटी हलमा आधुनिक तथा फिल्मी गीत –नाई नभन्नु ल, मैले माया गर्न जानेन होला लगायतका गीतहरु गाएर उपश्थित दर्शकलाई मज्जाले नचाउन सफल भए । उनलाई स्थानीय कलाकार निलम विष्ट र कोपिला लिम्वुले स्वर दिएर साथ दिए । उनी संगै स्थानीय गायक देव लिम्वु, धुव्र राई, कुल गुरुङ्ग तथा नृत्य गर्ने बहिनीहरुले स्टेज शेयर गर्दा आधारात सम्म दर्शकहरु संगै झुमि रहे ।

किराँत याक्थुङ्ग चुम्लुङ्ग क्यानाडाले आयोजना गरेको दिपक लिम्वु नाईट ले मनोरञ्जन मात्र नभएर क्यालगरीबासी लाई जोड्ने काम गर्याे । कार्यक्रमले क्यालगरीका छुट्टै दुई नेपाली कम्युनिटीलाई एउटै ठाउँमा ल्याउन सफल भएको भन्दै आयोजक समितीका कार्यक्रम संयोजक नविन लिम्वु (न्याल्वो) ले आफु निकै खुशी भएको प्रतिक्रिया दिए ।