विश्वभरका नेवार समुदाय एकजुट हुने भन्दै सबैतिर छरिएर रहेका नेवा संघठनहरुले सामुहिक सहकार्य गर्ने भएका छन् । विभिन्न देशमा रहेका संघठनहरुलाई भेला मार्फत एकजुट गराउने भन्दै वल्ड नेवा अर्गनाइजेसन र क्यानेडियन नेवा गुठीले यस्तो प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ ;
प्रथम उत्तर अमेरिकि महादेश ब्यापि नेवाः भेला सम्बन्धि प्रेस बिज्ञप्ति
बिस्व भरि छरिएर रहेका नेवाः समुदायलाई एकत्रित गरि अद्वितिय नेवाः संस्क्रिति,परम्परा, भाषालाई बिस्व भरि परिचय गराइ यसको संरक्षण तथा सम्बर्द्दनमा भाबी सन्ततिलाई अग्रसर गराउने उद्देश्यले स्थापित वर्ल्ड नेवाः अर्गनाईजेसन ले यस्को पहिलो अधिबेसन २०११ मा लण्डनमा र दोश्रो अधिबेसन २०१६ मा अमेरिकामा सम्पन्न गरिसकेको छ ।
वर्ल्ड नेवाः अर्गनाईजेसनको उद्द्श्यलाई साकार पार्न यस संग आबद्द स्थानिय संघ सन्स्थाहरु लाई सक्रिय गराउने उद्देश्य अनुरुप क्यानेडियन नेवाः गुथिको सक्रियतामा र नेवाः कल्चरल सोसाईटि अफ अल्बर्टा को सहयोगमा यहि आउदो सेप्टेम्बर १ देखि ३ सम्म उत्तर अमेरिकि महादेश ब्यापि नेवाः भेला गर्ने ब्यहोरा यहाँहरु समक्ष जानकारि गराउन पाउदा हामि लाई धेरै खुसि लागेको छ। यो भेलामा उत्तर अमेरिकि महादेश तथा अन्य क्षेत्र का बिद्वान , संघ संस्थाका प्रतिनिधि र महानुभाब गरि करिव २०० जनाको सह्भगिता हुने अनुमान छ ।
उत्तर अमेरिकि महादेश तथा अन्य क्षेत्रमा रहेका नेवाः समुदायलाई एकत्रित गरि नेवाः संस्क्रिति,परम्परा, भाषालाई संरक्षण तथा सम्बर्द्दन गर्ने यस भेलाको मुख्य उद्देश्य हो भने मूल नारा” उत्तर अमेरिकि महादेश स्थित नेवाः समुदायको एकता” रहेको छ ३ दिन सम्म हुने भेलामा मुख्य दिन सेप्टेम्बर २ का दिन उदघाटन समारोह, बिभिन्न बिद्वानहरु द्वारा कार्यपत्र प्रस्तुति, छलफल, कार्य योजन तथा प्रस्ताब पारित गर्ने कार्यक्रम रहेको छ भने नेवाः समे बजि, नेवाः भ्वय (भोज ), नेवाः तथा नेपाली संस्क्रिति झल्किने सांस्क्रितिक कार्यक्रम पनि प्रस्तुत गरिने छ।
कुनै पनि कार्यक्रम सफल पार्न संचार माध्यमको अपरिहार्य भुमिका रहने भएको हुनाले यहाँहरुले आफ्नो संचार माध्यम बाट यो भेला बारे प्रचार प्रसार गरिदिनु भई सहयोग गरिदिनु हुन आयोजक समुह हार्दिक अनुरोध गर्दछ ।
वर्ल्ड नेवाः अर्गनाईजेसन क्यानेडियन नेवाः गुथि ब्राम्टोन, क्यानडा नेवाः कल्चरल सोसाईटि अफ अल्बर्टा जुलाई २०१७