दिपक भट्टराई

देश

एनआरएन क्यानाडाको बितेका दस वर्ष: एक विश्लेषण

By canadakhabar

July 09, 2017

                                                                                                                                         

                    दिपक भट्टराई

सन् २००६ मा स्थापना गरिएको एनआरएन क्यानाडाले एक दसक पार गरिसकेको छ । गत वर्ष अगष्ट महिनामा मन्ट्रियलमा सम्पन्न  संस्थाको  नबौं साधारण सभाले संस्थाको बिधानमा केहि महत्वपूर्ण परिबर्तन गरेको रहेछ । संसारका अरु विभिन्न देशहरुमा रहेका एनआरएन जस्तै प्रवाशी नेपालीहरुलाई संगठित गराई “एक पटक को नेपाली संधैको  नेपाली” नारा दिएर संसारका धेरै देश मा आफ्नो संगठन विस्तार गर्ने क्रममा क्यानाडामा पनि यो संगठन स्थापना भयो । संसार भरका प्रायजसो देशमा धनि, ठुला उद्योगपति,ब्यापारीहरुले  यो संस्था को नेतृत्व गरेको भए पनि क्यानाडामा भने तेस्तो देखिएन । तर क्यानाडामा जे देखियो त्यो सायदै अरु कहिँ देखिएला ।

स्थापना काल देखि नै बिबादमा जकडिएको एनआरएन क्यानडा एक दसकको यात्रा तय गरिसक्दा पनि बिबाद मुक्त भने हुन् सकेको छैन । शम्भु धमला जी को परिकल्पना अनि तुल्सी  धरेल जी, नबराज गुरुङ जी लगाएत नेपाली समाजका एक दर्जन अगुवा समाजसेवी हरु को निर्देशन अनुरुप गठन भएको भनिने यो संस्था विभिन्न आरोह, अबरोह पार  गर्दै  अहिले नया नेतृत्व चयन को प्रक्रिया मा जुटेको छ । बिगत का निर्वाचन मा जस्तै संस्थालाई सबै को साझा संस्था को रुप मा बिकाश गर्ने र राजनीति बाट टाढा राख्ने मुद्दा एस पटक पनि उठेको छ । तेसो त नेपाल को संबिधान मा गैर आवासीय नेपाली लाई पनि राजनैतिक अधिकार बाहेक नेपाली नागरिक सरह नै सबै अधिकार  दिने व्यवस्था गरिए पछि सिंगो एन आर एन हाल एजेन्डा बिहिन बन्न पुगेको धेरै को निष्कर्ष  छ । समग्र मा भन्नु पर्दा एनआरएन क्यानडा प्रति असन्तुष्टी धेरैको  छ ।

क्यानाडा स्थित एनआरएनको कुरा गर्दा संस्था प्रति फैलिएको बितृष्णाका बावजूत बेलाबखत  नेतृत्व पंक्तिबाट संस्था लाई छाता संगठन को संज्ञा दिएर समस्या बाट बाहिरिन खोजे पनि न त संस्था राजनीति मुक्त हुन् सकेको छ, न त बितृष्णा नै । बिडम्बना के छ भने हाल सम्मका कुनै पनि नेतृत्वले  न त संस्था प्रतिको बितृष्णाको कारण  जान्ने र समधान खोज्ने चेस्टा गरे न त संस्थालाई राजनीतिबाट टाढा राख्ने कोशिश। छाता संगठन बन्नु त के  कुरा साझा संगठन बनाउन पनि ठुलो मिहिनत गर्नु पर्ने देखिन्छ ।

आखिर किन बढ्यो त क्यानाडा स्थित एनआरएन प्रति बितृष्णा, किन बनाउन सकिएन त गैर राजनैतिक संगठन, र अब संस्था लाई कसरि अगाडी बढाएमा यो संस्था सबैको प्यारो संगठन र साझा संगठन बन्न सक्छ त; यसको  बारेमा बहस जरुरि भैसकेको छ ।

पहिलो, बिगतको नेतृत्वले निर्वाचन मा आफ्नो जित   सुनिस्चित गर्ने उधेश्यले क्यानाडामा राजनैतिक सरण  लिएर बसेका   नेपाली मुलका  भुटानी नागरिकहरु  लाई संस्थाको सदश्य  बनायो. जसले गर्दा बिबाद सिर्जना भयो, निर्वाचन रोकियो । अनी पूर्व राजा ज्ञानेन्द्र शाह को जस्तै तानाशाही र हुकुमी सैलिमा मध्यरात  मा निर्वाचन घोसना गरि भोलि पल्ट निर्वाचन गरियो ।

दोस्रो, राजनैतिक स्वार्थ लाई सर्बोपरि बनाइयो, बोलि र ब्यबहारमा एकरुपता आउन सकेन, जे भनियो त्यो गरिएन,  एन सी सी को मीटिंग मा सल्लाहकार को हाबी रह्यो, सदश्यहरुको आवाज लाई दबाईयो  र अपमान गरियो । हालको नेतृत्वले सहमति, समझदारी जस्ता प्रजातान्त्रिक अभ्याश लाई तिलान्जली दिंदै बहुमत को रवाफ देखाई आफ्ना भजन मण्डली निर्माण, अल्पमत को अपमान गर्ने र आफूअनुकुल एकछत्र  सल्लाहकार चयन गरि चलाउने  काम गर्यो ।

तेश्रो , संस्था मा पारदर्शिता र जवाफदेहिता को अभाव स्पस्ट देखिएको छ । एक बस सदश्यहरु जी .ति. ये. बाट गएका र एक दर्जन को संख्या मा स्थानीय  समेत गरि करिब ५० , ६०  जना  को उपस्थिति  मा गत  वर्ष अगस्त  ६  मा मंत्रियेल  मा नबौं साधारण सभा गरि बिधान संसोधन  गरिएको रहेछ, जसमा येन सी सी मेम्बेर को संख्या र भईस प्रेसिडेन्ट  घटाउने  लगाएत निर्णय  परेका  थिए ।जुन कुरा आफैं  मा बिबादास्पद  र औचित्यहीन  ठहरियो। किनकि   करिब दस वर्ष आगाडी को क्यानाडा मा रहेका नेपाली हरु को संख्या लाई आधार मानेर बनाइएको एन सी सी मेम्बेर को संख्या लाई हाल दस वर्ष पछि, नेपाली हरु को संख्या करिब ४० हज्जार पुगेको अवस्था मा सोहि संख्या को आधार मा सोहि अनुपात मा बृधि  गरि  संस्था लाई सबै को साझा र स –साना सहर  को   समेत प्रतिनिधित्वो   गराई  सबै सदश्य हरु मा  अपनत्वो को भावना जागृत गराउनु पर्ने अवस्था मा व्यक्तिगत ,दलिय र गुट उपगुट को  स्वार्थ अनुकुल निर्णय गरिनु भनेको संस्था को हित अनुकुल छैन।

२ वर्ष अगाडी करिब १५०० को संख्या मा सदश्य रहेको एस संस्थामा  हाल करिब ३३५० सदश्य रहेका छन् , जे जसरि बढे पनि सदश्य संख्या दोब्बर बृधि भएको अबस्थामा र एन सी सी  को प्रतिनिधि  संख्या घट्नु आफैंमा विरोधाभाष छ।एकातिर क्यानाडा मा नेपाली हरु को संख्या बढेको, संस्था को सदश्य संख्या (आजीवन ३१३ र साधारण सदश्य ३०४६) बढेर कुल ३३५० पुगेको, र संस्था लाई समाबेशी र साझा संस्था को रुप मा बिकाश गर्ने दिर्घकालिन योजना रहेको हालको अबस्थामा  संगठन को दायरा अली फराकिलो बनाई संगठन लाई अझ बढी मजबूत र समाबेशी बनाउन आबस्यक छ ।एस्तो महत्वोपूर्ण निर्णय गर्नु अगाडी समुदाय मा छलफल, सुझाब संकलन र सदश्यहरु को राय लिएर सो को विवरण  को आधारमा  ब्रिस्तित रुप मा छलफल गरि बिधान संसोधन हुनु पर्ने थियो, तर तेसो हुन सकेन। अर्को बिडम्बना, स साना सहर हरु को प्रतिनिधित्वो नहुने गरि आफु   अनुकुल   निर्वाचन परिनाम  प्राप्ति  को लागि    संस्था को हित लाई बिर्सेर   निर्वाचन क्षेत्र  तयार  गर्दै मनोमानी ढंग ले अगाडी बढिरहेको एस अवस्था मा यो संस्थालाई छाता संगठन बनाउने  कल्पना त दिवा स्वोप्न मात्र हुनेछ , साझा संगठन र गैर राजनैतिक बनाउने मुद्दा पनि केवल चुनाबी मुद्दा मात्र बन्ने निश्चित प्राय छ ।

अन्त्यमा, यो संस्थाको  दस वर्ष देखि नेतृत्वलाई अध्ययन गर्दा  संस्था मा लैंगिक समानता, समाबेसिता जस्ता कुराहरु अभाव रहेको, जनजाति र महिला को झिनो रुप मा प्रतिनिधित्वो रहेको पाइयो। तेसै गरि हाल सम्म संस्था जी ति ये मा मात्र सिमित रहेको, हाल सम्म का प्रेसिडेन्ट हेर्दा जी ति ये बाट  मात्र  रहने गरेको छ। येसैले, यो निर्वाचन मा जति सक्दो महिला र जनजाति प्रतिनिधि हरु लाई विजय गराई नेत्रित्वो तह मा पुर्याउनु पर्छ, तेसो भएमा मात्र संस्था मा केहि सुधार भै संस्था सबै को साझा र सबै सदश्य ले आफ्नो संस्था अथवा अपनत्वो महशुस गर्नेछन। एन. सी. सी. मेम्बर को संख्या घटाएर २३ बाट १७ बनाउने निर्णय गरियो, तेस्ले गर्दा संगठन को दायरा साँघुरो हुनगई साना सहरहरु को प्रतिनिधित्वो हुन नसक्ने स्थिति सिर्जना हुन पुग्यो. फलस्वरुप साना सहर का नेपाली हरु ले संस्था लाई आफ्नो संस्था को रुप मा महशुश गर्न नसक्ने र उनीहरु को प्रतिनिधित्वो हुन नसकेको महशुश गरेका छन्। जुन संस्था को मर्म, भावना र उदेश्य बिपरित छ। तेसैले हामीले सकेसम्म साना सहरहरु को पनि प्रतिनिधित्वो हुन सक्ने गरि एन. सी. सी. मेम्बर को संख्या बढाउने, यदि बढाउने अवस्था छैन भने पहिलेको एन. सी. सी. मेम्बर को संख्या लाई कायम नै राख्ने निर्णय समसामयिक, सान्दर्भिक र संगठन को हित मा हुन्छ।अहिले जस्तै संस्था को दायेरा साँघुरो गराई , एकछत्र रुप मा क्षेत्र निर्धारण गर्ने, येन सी सी संख्या लाई घटाउने जस्ता बिबादास्पद, संगठन बिरोधि र अबैज्ञानिक निर्णय गरेमा संस्था प्रति को बितृष्णा बढेर जानेछ र नेपाली समाज मा क्यानाडा स्थित नेपाली दलहरु  का भात्रिसंस्थाहरु प्रतिको आकर्षण र बिस्वाश झनै बढ्नेछ।    

 

 दीपक मोहन भट्टराई

महामन्त्री एबं क्यानाडियन मामिला  सम्बन्धि  प्रमूख

नेपाली जनसम्पर्क समिति, क्यानाडा