एनआरएन क्यानाडाको आसन्न अधिवेशन स्थगित भएको छ । आगामी जुलाई २३ मा हुने भनिएको निर्वाचन आन्तरिक बिबाद र कानुनी झमेलाका कारण अनिश्चित बनेको हो ।
केही दिन अगाडि एनआरएन क्यानाडा बोर्डको बैठकले निर्वाचन क्षेत्र निर्धारणा गरेको थियो ।
बोर्डले टोरोन्टो नजिकै रहेको स्कारब्रो सिटिलाई छुट्ट्टै निर्वाचन क्षेत्र तोकेपछी बिबाद अदालत सम्म पुगेको हो । एनआरएन क्यानाडाले तत्कालका लागि निर्वाचन स्थगित भएको जनाएको छ ।