देश

अन्ततः नेइमारले छाडे बार्सिलोना

By canadakhabar

August 04, 2017

 एजेन्सी ।

ब्राजिलियन फुटबल स्टार नेइमार स्पेनिस क्लब बार्सिलोना छाडेर कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएका छन् । नेइमार २२ करोड २० लाख युरोमामा पीएजी गएका हुन् ।

बिहीबार साँझ नेइमार र पीएजीका प्रतिनिधिबीच पाँच वर्षका लागि सम्झैता भएको हो । पीएजीमा आबद्ध भएपछि उनले आफू युरोपको एक महत्वकांक्षी क्लबमा आएको र आजैदेखि चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् ।

उनले अब पिएसजीबाट प्रतिवर्ष ४५ मिलियन युरो आम्दानी गर्नेछन् भने प्रतिहप्ता ८ लाख ६५ हजार युरो प्राप्त गर्नेछन् ।

बार्सिलोनामा आबद्ध भएको चार वर्षमा नेइमारले बार्सिलोनाका लागि एक च्यापियनसिप लिग, दुई लालिगा, तीन कोपा डेल रे, एक फिफा क्लब विश्वकप र एक स्पेनिस सुपर कपको उपाधि दिलाउन भूमिका खेलेका छन् । सबै प्रतियोगितामा गरी उनले बार्सिलोनाका तर्फबाट १०५ गोल गरेका छन् ।

Save

Save