साहित्य सिर्जना

‘बा’को हलोको फालीमा अड्किएको माटो

By canadakhabar

August 08, 2017

बाको हलोको फालीमा अड्किएको माटो _______________________________

                                                                              मुक्ती गौतम ।

 

बिहानै काँधमा हलो र एकहल गोरुसंगै गएका बा दिउँसोको धुपमा घर फर्किए हलो पर कुनामा राखेर पेटिमा बसे मलाई हेरे र आमाले लोटामा राखेर गएको पानी बोकेर रछ्यानतिर लागे पखालिन मैले बा बसेको ठाउँमा बाको पसिना र झरेको बारीको माटो देखें ।

अलि पहिले आमाले त्यहि ठाउँमा डोको बिसाएकि थिईन् गाग्री निकाल्न उनको ढाडमा डोकोको डाम र निधारमा बरियोको चित्र देखेको थिएँ मैले पसिनासंगै उनको दृष्टी खसेको थियो भुँईमा जहाँ बाले टेकेर पसिनाको डोब मेटाए पछि उनैले दिएको पानीको लोटा उठाउँदा ।

उनीले खसाउँने भनेको माटो थियो उनीले चुहाउँने भनेको पसिना थियो त्यो घर त्यो आँगन र त्यो बाटोमा उनीले देखाउँने भनेको त्यसैको माया थियो, मेरा बाले कहिल्यै कतै सिकाएनान् अथवा देखाएनान् कुनै बाटो भ्रमको जीताएनान् मलाई कुनै युध्द बरु उनीले फालीमा अड्किएको माटो निकाल्दा म पग्लिएँ कैयौ गुणा बाको माटो संगको मायाले र हेरिरहें फाली र फालिबाट झरेको ओसिलो मेरो बाको पसिना सहितको मेरो खेतको माटो एकसाथ ।

अगष्ट ७, २०१७ टोरण्टो, क्यानडा

Save

Save

Save