समाचार

बाढी पीडितको सहयोगका लागि क्यानाडामा जुटे युवा

By canadakhabar

August 15, 2017

क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा ।

क्यानाडाको मिसिसागा र बाम्टोनमा रहेका यूवाहरुको पहलमा बाढी पीडितहरुका लागि सहयोग संकलन गर्न सुरु भएको छ । बाढी पहिरोले देश नै शोकमग्न बनिरहेको बेला प्रवासमा रहेका युवाहरु चुप बस्न नसक्ने भन्दै स्वस्फुर्त सहयोगका लागि जुटेका हुन् ।

युवाहरुको यो अभियानमा एकै दिनमा झन्डै १५०० डलर संकलन भैसकेको र आउंदो शुक्रबार सांझ ब्राम्टोनस्थित एभरेष्ट तेक्वान्दो हलमा भेला भएर थप रकम उठाउने अभियान्ताहरुले जानकारी दिए । संकलित रकम एनआरएन क्यानाडा मार्फत नेपाल पठाउने तयारी छ ।

यस्तै एनआरएन क्यानाडा लगायत अन्य संघसंस्थाले रकम संकलन गरिरहेका छन् । त्यस्तै क्यालगरीमा एनसीयससी,किरात याक्थुङ चुङ्लुङ क्यानाडा,नेपाली साहित्य समाज क्यालगरीले पनि सहयोग संकलन गरिरहेको छ ।

(युवाहरुको यो अभियानमा साथ दिन प्रतिनिधिहरु क्रिजल केसी ६४७-९६२-५९०१ आशिर्वाद सुबेदी ६४७८६७७९७३ र इम्रन खान २८९-९४६-३२१६ लाई संम्पर्क गर्न सकिनेछ । )

 

Save

Save