समाचार

एनआरएनए बेल्जियममा चुनावी चटारो, समाजसेवी देखि पत्रकार सम्म उम्मेद्वार

By canadakhabar

August 22, 2017

क्यानडा खबर संवाददाता बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नया नेतृत्वको लागि उम्मेदवारी दर्ताको काम सकिएको छ । उम्मेदवारी दिनेहरुमा लामो समयदेखि समाज सेवामा लागेका समाजसेवी, व्यवसायी, पत्रकार लगायत अन्य सामाजिक संघसस्थाहरुमा आबद्ध नेपालीहरु रहेका छन् । विभिन्न समुह वनाएर एनआरएनए वेल्जियमको नेतृत्वका लागि उम्मेद्वारी परेको बताइएको छ । सेप्टेम्वर ३ मा हुने निर्वाचनमा समाजसेवी तथा निर्वतमान महासचिव लोक दाहालको समुह समेत अहिले चुनावी अभियानमा रहेको छ । दाहालको समुहवाट वरिष्ठ उपाध्यक्षमा गंगा शर्मा, उपाध्यक्षमा धनकुमार वान्तवा, योगिता थापा, महासचिवमा आगंमाया शेर्पा, कोषाध्यक्षमा चित्र गुरुगं, सचिवमा सन्तोष न्यौपाने र ज्ञानेन्द घिमिरे, महिला सचिवमा गिता सिम्खडा,महिला संयोजकमा मनसुवा परियार र युवा संयोजकमा वाइवि गुरुगं रहेका छन् ।

यता, लामो समयदेखि वेल्जियममा रहेर कलम चलाइरहेका पत्रकार तथा सचिव पदका उम्मेद्वार न्यौपानेले दाहाल विगतदेखिनै सामाजिक सेवामा सत्रिय रहेको व्यत्ति भएकाले आफुहरु एहाको समुहमा गएको बताउदैं यो समुहले जितेको खण्डमा बेल्जियमको प्रत्यक क्षेत्रमा नेपालि भाषा कक्षा संचालन गर्न सुरुवात गर्ने ,नेपालि बिद्यार्थी हरु जो नेपाल बाट छात्रवृत्तिको लागि अध्धयन गर्न आउन चाहन्छन उनीहरुको लागि बिशेष पहल गर्ने योजना अगाडी सारेका छन ्र एन आर एन प्रति नया पिढिको प्रेम जगाउने ,उनीहरुको लागि केहि कार्यक्रमहरु ल्याउने तथा नेपालमा विभिन्न सेवामुलक काम गरिने जनाएका छन् ।

यस्तै, सन्तोष जोशीको नेतृत्वमा अर्को समुह पनि चुनावी अभियानमा रहेको छ । नेपाल जनसम्पर्क समितिको अध्यक्ष समेत भैसकेका जोशीको समुहवाट वरिष्ठ उपाध्यक्षमा कमल पन्थी,प्रथम उपाध्यक्षमागोबिन्द सिँह अधिकारी, महिला उपध्यक्षमा अनुजा प्रधान, उपाध्यक्षमा खड्क के.सी.,उपाध्यक्षमा राम पुन,महासचिवमा तिर्थ धमला महिला सचिवमा मुना ताम्रकार,सचिवमा जीवन शर्मा,सचिवमा प्रेम तिम्सिना कोषाध्यक्षमा रोशन गुरूँग(दर्शन),सहकोषाध्यक्ष(श्रीमति इश्वरा शर्मा,युवा संयोजकमा रविन पण्डित र महिला संयोजक हरी भट्टराइ रहेका छन् ।