देश

अमेरिकामा १३ वर्ष यताकै खतरनाक आँधीः पाँच जनाको मृत्यु, दुई हजारभन्दा बढीको उद्धार

By canadakhabar

August 28, 2017

टोरोन्टो ।

युनाइटेड स्टेट अफ अमेरिकाको टेक्सास शहरमा लगातारको आँधी पानी र हुरिले जनजीवन अस्तव्यस्त बनेको छ । समुद्री आँधी हार्भेमा परी पाँच जनाको मृत्यु भईसकेको छ भने हजारौ मानिस प्रभावित भएका छन् ।

टेक्सासको हस्टन र वरिपरीबाट दुई हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । कहाँ के कति जनधनको क्षति भयो भन्ने कुनै आंकलन गर्न नसकिएको टेक्सास राज्यका गभर्नरले बताएका छन् ।

मानिसहरुलाई सार्वजनिक आश्रयस्थलहरुमा राखिएको छ । अमेरिकाको राष्ट्रिय मौसम केन्द्रले परिस्थिति कल्पना गरेभन्दा बाहिर पुगेको जनाएको छ । २५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । विमानस्थल बन्द गरिएको छ ।

तस्विर : सन्देश लम्साल

Save

Save

Save